२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीको मनायो छैठौ स्थापना दिवस

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मको शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ ।

Advertisement

वार्षिकोत्सवको अवसरमा जवानहरुको मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले कार्यक्रम र मेस भवन उद्घाटन गर्नुभएको हो ।

वि.स. २०५९ पुष १९ गते दाङको कुशुममा कर्तब्य पालनाको शिलशिलामा साहदत प्राप्त गरेका बेनी नगरपालिका–३ तोराखेतका प्रहरी वरिष्ठ हवल्दार स्व. नरबहादुर खत्रीका आमा जसमति खत्री र धवलागिरी गाउँपालिका–२ खोरीयाका शसस्त्र प्रहरी हवल्दार स्व. बलविर पुर्जाकी आमा निर्मला (नरिमा)लाई शसस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विपद् व्यवस्थापन वेश नारच्याङका सशस्त्र प्रहरी कर्मचारीहरुबीच भएको दुई माईल दौड प्रतियोगितामा बिजयी भएका डम्मर शाही र हतियार ह्याण्डलीङ प्रतियोगितामा बिजयी केशव शर्मालाई चण्डकी गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले पुरस्कृत गर्नुभएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ कार्तिक ९, शुक्रबार ११:४९

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ कार्तिक ९, शुक्रबार ११:४९

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ कार्तिक ९, शुक्रबार ११:४९

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP