२०८३ मंसिर ९
November 25, 2026, Wednesday

रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्तिधाम माविलाई

यसबर्षको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर रघुगंगा मावि पिप्ले दोस्रो स्थान हासिल गरेको छ । ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो भएको छ ।

दोस्रो र तेस्रो विजेता विद्यायले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त ग¥यो । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमार पुन,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी,सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जा,वडाध्यक्ष खिमबहादुर शाही,कार्यपालिका सदस्य होमबहादुर विक लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत बिहिबार उद्घाटन भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा दुईवटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । रघुगंगाले नियमित शैक्षिक क्यालेन्डरलाई असर नगर्ने गरी काम दशैंतिहारको विदाको समयलाई सदुपयोग गदैं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको हो ।

Advertisement

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १३, शुक्रबार १:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!