यसबर्षको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर रघुगंगा मावि पिप्ले दोस्रो स्थान हासिल गरेको छ । ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो भएको छ ।

दोस्रो र तेस्रो विजेता विद्यायले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त ग¥यो । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमार पुन,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी,सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जा,वडाध्यक्ष खिमबहादुर शाही,कार्यपालिका सदस्य होमबहादुर विक लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत बिहिबार उद्घाटन भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा दुईवटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । रघुगंगाले नियमित शैक्षिक क्यालेन्डरलाई असर नगर्ने गरी काम दशैंतिहारको विदाको समयलाई सदुपयोग गदैं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...