२०८३ बैशाख १८
May 1, 2026, Friday

बास्केटबल खेलाडीले जितेको पुरस्कार सामाजिक कार्यमा

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका(३,पिप्लेको नवसन्तोष यूवा क्लवले बास्केटबल प्रतियोगितामा जितेको पुरस्कार रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको छ ।

Advertisement

समुदायस्तरमा सक्रिय रहेको क्लवले प्रतियोगितामा पाएको नगद पुरस्कार रकम विद्यालयका बालबालिकालाई शैक्षिक साम्रागी सहयोग, विपन्नको उपचार तथा सडक बत्ती जडान सहित विभिन्न सामाजिक कार्यमा खर्च गरेको हो ।

म्याग्दीमा बास्केटबलतर्फ निरन्तर उपाधी जित्न सफल क्लबले असाहय, जेहेन्दार विद्यार्थीलाई ४५ हजार ५ सय बराबरको शैक्षिक साम्रागी सहयोग, बेगखोलामा करेन्ट लागेर घाईतेलाई नगद ५ हजार र करिब १ लाख ३१ हजार बराबरको सडक बत्ती जडान सहित अन्य विभिन्न सामाजिक कार्यमा खर्च गरिएको क्लवका सल्लाहकार प्रविण शाहीले बताए ।

‘समुदायस्तरका विभिन्न कार्यमा क्लवले सहयोग गरेको छ, आगामी दिनमा पनि खेलकुद सहितका सामाजिक कार्यमा निरन्तर सक्रिय हुनेछ’ सल्लाहकार शाहीले भने।

बि।स २०७८ सालदेखि हालसम्म ३५ बास्केटबल प्रतियोगितामध्ये ३३ खेलमा विजेता र २ मा उपबिजेता भएको क्लवले खेलाडी ब्यवस्थापन सहितको खर्च बाहेक समुदायस्तरका गतिविधिमा सक्रिय हुने क्लवका अध्यक्ष सुजन रकालको भनाई छ।

क्लवले स्थानीयस्तरमा प्रतियोगिता सहित म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लामा भएका प्रतियोगितामा क्लवले बलियो उपस्थिती जनाउने गरेको छ ।

क्लवको बास्केटबल टिमको क्याप्टेन आशिष शाही, कोच विकेक शाही र म्यानेजर लोक मल्ल रहेका छन् । बास्केटबल टिमका खेलाडीहरुमध्ये आशिष शाही, सुदिप कार्की, सुसन कार्की र अभिषेक चन्द्र क्षेत्रीयस्तरका खेलाडी हुन् ।

क्लवले खेलमा जितेको पुरस्कार भोजभतेर र अन्य फजुल खर्च नगरी सम्ुदायकै हितमा खर्च गरेको भन्दै स्थानीय संघसंस्थाले समेत प्रशंंसा गर्ने गरेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP