२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बास्केटबल खेलाडीले जितेको पुरस्कार सामाजिक कार्यमा

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका(३,पिप्लेको नवसन्तोष यूवा क्लवले बास्केटबल प्रतियोगितामा जितेको पुरस्कार रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको छ ।

Advertisement

समुदायस्तरमा सक्रिय रहेको क्लवले प्रतियोगितामा पाएको नगद पुरस्कार रकम विद्यालयका बालबालिकालाई शैक्षिक साम्रागी सहयोग, विपन्नको उपचार तथा सडक बत्ती जडान सहित विभिन्न सामाजिक कार्यमा खर्च गरेको हो ।

म्याग्दीमा बास्केटबलतर्फ निरन्तर उपाधी जित्न सफल क्लबले असाहय, जेहेन्दार विद्यार्थीलाई ४५ हजार ५ सय बराबरको शैक्षिक साम्रागी सहयोग, बेगखोलामा करेन्ट लागेर घाईतेलाई नगद ५ हजार र करिब १ लाख ३१ हजार बराबरको सडक बत्ती जडान सहित अन्य विभिन्न सामाजिक कार्यमा खर्च गरिएको क्लवका सल्लाहकार प्रविण शाहीले बताए ।

‘समुदायस्तरका विभिन्न कार्यमा क्लवले सहयोग गरेको छ, आगामी दिनमा पनि खेलकुद सहितका सामाजिक कार्यमा निरन्तर सक्रिय हुनेछ’ सल्लाहकार शाहीले भने।

बि।स २०७८ सालदेखि हालसम्म ३५ बास्केटबल प्रतियोगितामध्ये ३३ खेलमा विजेता र २ मा उपबिजेता भएको क्लवले खेलाडी ब्यवस्थापन सहितको खर्च बाहेक समुदायस्तरका गतिविधिमा सक्रिय हुने क्लवका अध्यक्ष सुजन रकालको भनाई छ।

क्लवले स्थानीयस्तरमा प्रतियोगिता सहित म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लामा भएका प्रतियोगितामा क्लवले बलियो उपस्थिती जनाउने गरेको छ ।

क्लवको बास्केटबल टिमको क्याप्टेन आशिष शाही, कोच विकेक शाही र म्यानेजर लोक मल्ल रहेका छन् । बास्केटबल टिमका खेलाडीहरुमध्ये आशिष शाही, सुदिप कार्की, सुसन कार्की र अभिषेक चन्द्र क्षेत्रीयस्तरका खेलाडी हुन् ।

क्लवले खेलमा जितेको पुरस्कार भोजभतेर र अन्य फजुल खर्च नगरी सम्ुदायकै हितमा खर्च गरेको भन्दै स्थानीय संघसंस्थाले समेत प्रशंंसा गर्ने गरेका छन् ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ मंसिर १२, बुधबार ०५:०४

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP