२०८३ भाद्र १२
August 28, 2026, Friday

माउण्ट एभरेष्टलाई म्याग्दी जेसीज कपको उपाधी

२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदैं उपाधी जितेको हो ।

Advertisement

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा १–१ गोलसँगै पेनाल्टी शुटआउटको अन्तिम प्रहारमा बेनी सामुदायिका खेलाडी चुक्दा जेसीज कपको इतिहासमै पहिलोपटक बिजेता बन्ने सपना अधुरै रर्यों भने ६ संस्करण पछि माउण्ट एभरेष्टले उपाधीको स्वाद लिएको छ । यस अघि सन २०१६ मा १५ औं संस्करणको उपाधि जितेको माउण्टलाई पुनः उपाधि जित्नका लागि २२ औं संस्करण सम्म कुर्नु परेको थियो ।

प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता बेनी सामुदायिक माविले डिफेन्डिङ च्याम्पियन न्यु वेष्ट पोइन्ट आवासीय माविलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार वितरणमा बेनी नगरपालिकका प्रबक्ता रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता ११ गोल सहित सुनिल थापा,उत्कृष्ट गोलरक्षक बेनी सामुदायिकका सन्दिप खत्री, उत्कृष्ट डिफेन्डर माउण्ट एभरेष्टका मनोज मल्ल रहेका छन् ।

त्यस्तै उत्कृष्ट स्ट्राईकर माउण्ट एभरेष्टका सनम बिक, उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट प्वाइन्टका पवन खत्री, राईजिङ प्लेयर एन्जल थजाली माउण्ट एभरेष्ट तथा उत्कृष्ट प्रशिक्षक माउण्ट एभरेष्ट आवासिय माविका टिपेन पुन र अनुशासित टिम न्यू वेष्ट प्वाइन्ट आवासियलाई सम्मान गरिएको मुल संयोजक देबेन्द्र घिमिरेले बताए ।

बिजेता माउण्ट एभरेष्टका कप्तान सनम विक मैदानमा खेल सकिदाँ वित्तिकै आफ्ना बुबाको अन्तेष्टीका लागि गएका थिए । लामो समयसम्म बिरामी भएका बुबाको घरमै निधन भएपछि प्रतियोगिताका उत्कृष्ट स्ट्राईकर समेत रहेका विक कालिगण्डकी नदीमा जाँदा खेलाडी समेत भाबुक भएका थिए ।

अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म मुख्य प्रायोजन गरेको छ । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP