२०८३ असार १
June 15, 2026, Monday

पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको सोह्रौँ वार्षिक साधारणसभा पठन संस्कृति हराउँदै गरेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।

Advertisement

शनिबार बेनी नगरपालिका–६,बगुवाखोलामा सम्पन्न भएको छ । साधारणसभामा म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै उहाँले पुस्तक पढ्ने बानीको बिकास गर्न महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Advertisement

साधारणसभामा बोल्ने बक्ताले डिजिटल डिभाइसको प्रयोगका कारण पुस्तक अध्ययनप्रतिको रुची घट्दो रहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा शाखाका प्रमुख उप–सचिव हेमचन्द्र पौडेल, बस्तुगत तर्फ मोवाइल तथा इलोक्टोनिक्स ब्यवसायी संघका अध्यक्ष अर्जुन आर्चाय, पुस्तक तथा स्टेशनरी संघका संस्थापक अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, संघका गण्डकी प्रदेश कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, प्याप्सन म्याग्दीका अध्यक्ष हिरा पुन, महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले मतव्य राख्नुभएको थियो ।

बनभोज सहित आयोजना गरिएको साधारण सभामा निवर्तमान अध्यक्ष नवराज पौडेलले स्वागत, सचिव धु्रबराज सुवेदीको संचालन र अध्यक्ष नारायण पौडेलले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त साधारण सभाको अवसरमा हालै सम्पन्न नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको निर्वाचनबाट निर्वाचित नयाँ कार्य समितिलाई सम्मान गरिएको थियो । म्याग्दीमा हालसम्म नविकरण भएको ३३ पसल नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा आवद्ध रहेको जनाइएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP