२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको सोह्रौँ वार्षिक साधारणसभा पठन संस्कृति हराउँदै गरेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।

Advertisement

शनिबार बेनी नगरपालिका–६,बगुवाखोलामा सम्पन्न भएको छ । साधारणसभामा म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै उहाँले पुस्तक पढ्ने बानीको बिकास गर्न महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Advertisement

साधारणसभामा बोल्ने बक्ताले डिजिटल डिभाइसको प्रयोगका कारण पुस्तक अध्ययनप्रतिको रुची घट्दो रहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा शाखाका प्रमुख उप–सचिव हेमचन्द्र पौडेल, बस्तुगत तर्फ मोवाइल तथा इलोक्टोनिक्स ब्यवसायी संघका अध्यक्ष अर्जुन आर्चाय, पुस्तक तथा स्टेशनरी संघका संस्थापक अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, संघका गण्डकी प्रदेश कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, प्याप्सन म्याग्दीका अध्यक्ष हिरा पुन, महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले मतव्य राख्नुभएको थियो ।

बनभोज सहित आयोजना गरिएको साधारण सभामा निवर्तमान अध्यक्ष नवराज पौडेलले स्वागत, सचिव धु्रबराज सुवेदीको संचालन र अध्यक्ष नारायण पौडेलले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त साधारण सभाको अवसरमा हालै सम्पन्न नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको निर्वाचनबाट निर्वाचित नयाँ कार्य समितिलाई सम्मान गरिएको थियो । म्याग्दीमा हालसम्म नविकरण भएको ३३ पसल नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा आवद्ध रहेको जनाइएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ पुष ६, शनिबार १६:३८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ पुष ६, शनिबार १६:३८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ पुष ६, शनिबार १६:३८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP