२०८३ असार १
June 15, 2026, Monday

मालिकामा १६औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित


मालिका गाउँपालिका म्याग्दीको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो

Advertisement


गएको आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता समपुरक कोषबाट ६० लाख गरी जम्मा दुई करोड ७२ लाख सञ्चित कोषमा रहेको बजेट १६औं गाउँसभाबाट विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।

Advertisement


प्रवक्ता गौचनका अनुसार दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि ५८ लाख, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षण १० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप आठलाख, ओखरबोट मावि अस्थायी भवन निर्माण २० लाख र हिमाली युवा क्लब स्टेच तथा भवन निर्माणमा १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाको १६औं गाउँसभाबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट सडक, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, खानेपानी, ढल निकासलगायत विभिन्न शीर्षक गरी ४६ वटा योजनाहरुमा विनियोजन गरिएको प्रवक्ता गौचनले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१÷०८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१÷८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो ।


त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आवमा कुल ४७ करोड ९१ लाख ७६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP