२०८१ माघ ४
January 17, 2025, Friday

मालिकामा १६औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित


मालिका गाउँपालिका म्याग्दीको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो

Advertisement


गएको आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता समपुरक कोषबाट ६० लाख गरी जम्मा दुई करोड ७२ लाख सञ्चित कोषमा रहेको बजेट १६औं गाउँसभाबाट विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।


प्रवक्ता गौचनका अनुसार दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि ५८ लाख, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षण १० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप आठलाख, ओखरबोट मावि अस्थायी भवन निर्माण २० लाख र हिमाली युवा क्लब स्टेच तथा भवन निर्माणमा १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाको १६औं गाउँसभाबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट सडक, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, खानेपानी, ढल निकासलगायत विभिन्न शीर्षक गरी ४६ वटा योजनाहरुमा विनियोजन गरिएको प्रवक्ता गौचनले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१÷०८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१÷८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो ।


त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आवमा कुल ४७ करोड ९१ लाख ७६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ पुष १४, आईतवार १७:०९

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ पुष १४, आईतवार १७:०९

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ पुष १४, आईतवार १७:०९

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP