२०८३ असार ११
June 25, 2026, Thursday

श्रृंगार पसलमा लागेको आगलागीबाट करिब १ करोडको क्षती

म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राती भएको आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । खान श्रृंगार स्टोरको ठूलो र सानो गरी दुई गोदाममा विद्युत सर्ट भइ लागेको आगलागीबाट जुत्ताचप्पल, सौन्दर्यका साम्रागी सहित कस्मेटिक्सका कच्चा पदार्थ जलेर नष्ट भएको सञ्चालक अन्जित खानले बताउनुभयो । ‘ठूलो गोदाम नै जलेर नष्ट भएको छ, निकालेको सामान प्रयोग हुने अवस्थामा भए नभएको यकिन छैन’सचालनक खानले भन्नुभयो । आइतबारदेखि हुने आठौं म्याग्दी महोत्सवका लागि ल्याइएको सजावट सहित अर्डरका सामानहरू समेत रहेको छ ।
राती साढे ८ बजेदेखि लागेको आगलागी साढे ११ बजे पूर्णरूपमा निभाइएको थियो । बेनी नगरपालिकाको दमकल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासिन्दा समयमै पुगेकाले पनि थप आसपासमा क्षती हुन नपाएको बताइएको छ । खान श्रृंगार म्याग्दीको सबैभन्दा ठूलो खुद्रा तथा होलसेल पसल हो । नेपाल बाल संगठनको भवनमा रहेको उक्त पसलको माथिल्लो तलामा रहेको गोदाम बाहेक अन्यत्र कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Advertisement

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP