म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राती भएको आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । खान श्रृंगार स्टोरको ठूलो र सानो गरी दुई गोदाममा विद्युत सर्ट भइ लागेको आगलागीबाट जुत्ताचप्पल, सौन्दर्यका साम्रागी सहित कस्मेटिक्सका कच्चा पदार्थ जलेर नष्ट भएको सञ्चालक अन्जित खानले बताउनुभयो । ‘ठूलो गोदाम नै जलेर नष्ट भएको छ, निकालेको सामान प्रयोग हुने अवस्थामा भए नभएको यकिन छैन’सचालनक खानले भन्नुभयो । आइतबारदेखि हुने आठौं म्याग्दी महोत्सवका लागि ल्याइएको सजावट सहित अर्डरका सामानहरू समेत रहेको छ ।
राती साढे ८ बजेदेखि लागेको आगलागी साढे ११ बजे पूर्णरूपमा निभाइएको थियो । बेनी नगरपालिकाको दमकल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासिन्दा समयमै पुगेकाले पनि थप आसपासमा क्षती हुन नपाएको बताइएको छ । खान श्रृंगार म्याग्दीको सबैभन्दा ठूलो खुद्रा तथा होलसेल पसल हो । नेपाल बाल संगठनको भवनमा रहेको उक्त पसलको माथिल्लो तलामा रहेको गोदाम बाहेक अन्यत्र कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...