२०८३ असार १
June 15, 2026, Monday

प्रेस सेन्टरको स्थापना दिवसमा दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहिन बालबालिकालाई कापी, कलम वितरण गरेको हो

Advertisement

कार्यक्रममा प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, संगठनका गण्डकी प्रदेश कमिटीका महासचिब सन्तोष गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य विमल भण्डारी, विद्यालयका प्रधानध्यापक बिजय शर्मा लगायतले विद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्नुभएको थियो । त्यसैगरी सोही अवसरमा विद्यालयले आयोजना गरेको तहगत बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई समेत प्रेस सेन्टरले पुरस्कार प्रदान गरेको छ ।

Advertisement

विद्यालयमा आयोजित कक्षा ६–१० सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको ‘शिक्षामा सूचना तथा प्रविधिको प्रयोग’ बिषयक बक्तृत्वकला प्रतियोगितामा सुप्रिया भण्डारी प्रथम, सुमि तिलिजा द्धितीय, रश्ना शाही तृतीय र रितिका शर्मा सान्त्वना हुन सफल भएका छन् । त्यसैगरि कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको ‘मेरो विद्यालय’ विषयक बक्तृत्वकला प्रतियोगितामा कृतिका खत्री प्रथम, सन्चित सुवेदी द्धितीय, अनुस्का विक तृतीय र करुणा खत्री सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा २४ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेश समितिका महासचिब गौतम र जिल्ला अध्यक्ष खत्रीले फरक क्षमताका विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै विद्यालयले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गराउन सहयोग गर्नेमा जोड दिनुभयो । विद्यालयका प्रअ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक मण्डलका संयोजक दामोदर रिजालले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP