२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

प्रेस सेन्टरको स्थापना दिवसमा दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहिन बालबालिकालाई कापी, कलम वितरण गरेको हो

Advertisement

कार्यक्रममा प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, संगठनका गण्डकी प्रदेश कमिटीका महासचिब सन्तोष गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य विमल भण्डारी, विद्यालयका प्रधानध्यापक बिजय शर्मा लगायतले विद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्नुभएको थियो । त्यसैगरी सोही अवसरमा विद्यालयले आयोजना गरेको तहगत बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई समेत प्रेस सेन्टरले पुरस्कार प्रदान गरेको छ ।

Advertisement

विद्यालयमा आयोजित कक्षा ६–१० सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको ‘शिक्षामा सूचना तथा प्रविधिको प्रयोग’ बिषयक बक्तृत्वकला प्रतियोगितामा सुप्रिया भण्डारी प्रथम, सुमि तिलिजा द्धितीय, रश्ना शाही तृतीय र रितिका शर्मा सान्त्वना हुन सफल भएका छन् । त्यसैगरि कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले सहभागीता जनाएको ‘मेरो विद्यालय’ विषयक बक्तृत्वकला प्रतियोगितामा कृतिका खत्री प्रथम, सन्चित सुवेदी द्धितीय, अनुस्का विक तृतीय र करुणा खत्री सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा २४ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेश समितिका महासचिब गौतम र जिल्ला अध्यक्ष खत्रीले फरक क्षमताका विद्यार्थीहरुको अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै विद्यालयले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गराउन सहयोग गर्नेमा जोड दिनुभयो । विद्यालयका प्रअ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक मण्डलका संयोजक दामोदर रिजालले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ माघ १५, मंगलवार १६:१५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ माघ १५, मंगलवार १६:१५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ माघ १५, मंगलवार १६:१५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP