२०८२ फाल्गुन २९
March 13, 2026, Friday

सिङ्गाका महिलाहरुले लिए सौन्दर्यकलाको ४५ दिने डिप्लोमा तालिम

ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यसहित सौन्दर्यकला सम्बन्धी विषयको डिप्लोमा तालिम दिइएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्र सिङ्गाको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको थियो ।

Advertisement

म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरण र शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा गएको मंसिर अन्तिम सातादेखि सिङ्गामा तालिम सञ्चालन भएको थियो । डेढ महिना लामो अवधिसम्म सञ्चालित उक्त तालिम बुधवार सकिएको छ । महिलाहरुलाई सिप सिकाएर पेशा, व्यवसायमा आबद्ध गराउनको लागि सिपमूलक सौन्दर्यकला सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको थियो ।

Advertisement

तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले तालिममा सिकेको ज्ञान तथा सिपलाई अब पैसामा कन्भर्ट गरेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमपश्चात् सिकेको सिपलाई व्यवहारमा पूर्ण रुपले उतारेर आर्थिक प्रगति हासिल गर्न सहभागीलाई सुझाव दिँदै निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने नगरपालिकाले लक्ष्य लिएको समेत बताउनुभयो । तालिममा सिकेको सिपलाई अब निःशुल्क नभई पैसामा बेच्नुपर्ने र प्राप्त पैसाको बचत गर्नुपर्ने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आर्थिक रुपमा सक्षम भएपछि कसैले पनि औंला उठाउन नसक्ने बताउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र बलियो बनाउनको लागि नगरपालिकामार्फत विभिन्न सिपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै तालिममा प्राप्त ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्नुपर्ने बताउनुभएको छ । आर्थिक रुपमा सबल र सक्षम भएपछि आर्थिक परनिर्भरता घट्नुका साथै महिलामाथि हुन सक्ने विभिन्न किसिमका हिंसाहरुको न्यूनीकरणमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री, प्रशिक्षक गंगा थापा कार्की र सहभागी रविना बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुले सहभागिता जनाएका थिएभने गतवर्ष आधारभूत तालिम लिएका महिलाहरुलाई लक्षित गरी यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमा विषयको तालिम सञ्चालन गरिएको थियो ।

तालिमको प्रमुख प्रशिक्षक समेत रहनुभएकी सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरका सञ्चालक गंगा थापा कार्कीले तालिमका सहभागीहरुलाई सौन्दर्यकला सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम दिनुभएको थियो । तालिमका सहभागीहरुलाई सैद्धान्तिकसँगै सौन्दर्यकलाका सामग्रीहरुको सहयोगमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।

Related News

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
  • २०८१ माघ २४, बिहीबार ०१:५९

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
  • २०८१ माघ २४, बिहीबार ०१:५९

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च २८ लाखभन्दा बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश...

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८१ माघ २४, बिहीबार ०१:५९

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

TOP