२०८३ जेष्ठ ११
May 25, 2026, Monday

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन् ।

Advertisement

विद्यालय परिसरमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन अभिभावकको घुइँचो लागेको हो । एकै ठाउँमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस गरेको अनुभव अभिभावकको थियो । परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत थियो ।

Advertisement

विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो । ७ वटा स्टल रहेको महोत्सवमा विभिन्न परिकार फरक फरक स्टलमा राखिएको थियो । विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको हो ।

उहाँका अनुसार परिकारका बारेमा समेत स्टलमा आउनेलाई देखाइएको थियो भने अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउन उक्त मेला आयोजना गरिएको हो ।

उक्त परिकार बनाउन लाग्ने सबै सामान विद्यार्थीहरुले नै जुटाएका हुन् । पठनपाठन बाहेक घरायसी काममा अभिभावकलाई सघाउने विभिन्न गतिविधिलाई विद्यालयले अतिरिक्ति क्रियाकलाप अन्तरगत समेट्ने गरेको छ । खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP