२०८२ बैशाख १३
April 26, 2025, Saturday

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन् ।

Advertisement

विद्यालय परिसरमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन अभिभावकको घुइँचो लागेको हो । एकै ठाउँमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस गरेको अनुभव अभिभावकको थियो । परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत थियो ।

Advertisement

विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो । ७ वटा स्टल रहेको महोत्सवमा विभिन्न परिकार फरक फरक स्टलमा राखिएको थियो । विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको हो ।

उहाँका अनुसार परिकारका बारेमा समेत स्टलमा आउनेलाई देखाइएको थियो भने अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउन उक्त मेला आयोजना गरिएको हो ।

उक्त परिकार बनाउन लाग्ने सबै सामान विद्यार्थीहरुले नै जुटाएका हुन् । पठनपाठन बाहेक घरायसी काममा अभिभावकलाई सघाउने विभिन्न गतिविधिलाई विद्यालयले अतिरिक्ति क्रियाकलाप अन्तरगत समेट्ने गरेको छ । खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ फाल्गुन २८, बुधबार १४:०२

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP