२०८३ असार १
June 15, 2026, Monday

आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक म्याग्दी आईपुग्यो

आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा पुगेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीका सचिव ध्रुवराज सुवेदीका अनुसार जिल्लाका लागि आवश्यक पर्ने पुस्तक तयारी अवस्थामा छ । 

Advertisement

उहाँले भन्नुभयो, “एक गाडी पुस्तक सोमबार बेनी आइसकेको छ भने अर्को गाडी लोड भै सकेको छ भोली आइपुग्छ । दुई गाडीमा गरी आएको पुस्तक भयो भने आउँदो शैक्षिक सत्रका लागि म्याग्दीलाई चाहिने जति पुस्तक हामीसँग हुन्छ ।”

Advertisement

महासंघका अध्यक्ष नारायण शर्माका अनुसार जिल्लाका लागि आवश्यक पर्ने कक्षा १–४ सम्मको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि हिँडिसकेकोले मंगलबार बिहान सम्म बेनी आइपुग्नेछ । 

अन्य कक्षाको हकमा भने कक्षा पाँचको एक हजार चार सय सेट, कक्षा ६ को एक हजार दुई सय सेट, ७ कक्षाको एक हजार चार सय ५० सेट कक्षा ८ को एक हजार छ सय, नौ कक्षाको एक हजार तीन सय र १० कक्षाको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि आइपुगेको हो । 

जिल्लाभित्रका पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले सामुहिक रुपमा एउटै बिक्री केन्द्रबाट पुस्तक बिक्री वितरण गर्नेगरी बेनी बजारको बैंक रोडमा बिक्री डिपो सुरु गरिएको महासंघकी कोषाध्यक्ष शान्ति आचार्यले बताउनुभयो । मंगलबार सबै कक्षाको पुस्तक आइपुगेपछि बुधबारदेखि नै पुस्तक विक्री बितरण शुरु हुने महासंघले जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP