२०८२ बैशाख १३
April 26, 2025, Saturday

आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक म्याग्दी आईपुग्यो

आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा पुगेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीका सचिव ध्रुवराज सुवेदीका अनुसार जिल्लाका लागि आवश्यक पर्ने पुस्तक तयारी अवस्थामा छ । 

Advertisement

उहाँले भन्नुभयो, “एक गाडी पुस्तक सोमबार बेनी आइसकेको छ भने अर्को गाडी लोड भै सकेको छ भोली आइपुग्छ । दुई गाडीमा गरी आएको पुस्तक भयो भने आउँदो शैक्षिक सत्रका लागि म्याग्दीलाई चाहिने जति पुस्तक हामीसँग हुन्छ ।”

Advertisement

महासंघका अध्यक्ष नारायण शर्माका अनुसार जिल्लाका लागि आवश्यक पर्ने कक्षा १–४ सम्मको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि हिँडिसकेकोले मंगलबार बिहान सम्म बेनी आइपुग्नेछ । 

अन्य कक्षाको हकमा भने कक्षा पाँचको एक हजार चार सय सेट, कक्षा ६ को एक हजार दुई सय सेट, ७ कक्षाको एक हजार चार सय ५० सेट कक्षा ८ को एक हजार छ सय, नौ कक्षाको एक हजार तीन सय र १० कक्षाको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि आइपुगेको हो । 

जिल्लाभित्रका पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले सामुहिक रुपमा एउटै बिक्री केन्द्रबाट पुस्तक बिक्री वितरण गर्नेगरी बेनी बजारको बैंक रोडमा बिक्री डिपो सुरु गरिएको महासंघकी कोषाध्यक्ष शान्ति आचार्यले बताउनुभयो । मंगलबार सबै कक्षाको पुस्तक आइपुगेपछि बुधबारदेखि नै पुस्तक विक्री बितरण शुरु हुने महासंघले जनाएको छ ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ चैत्र १८, सोमबार १६:०२

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ चैत्र १८, सोमबार १६:०२

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ चैत्र १८, सोमबार १६:०२

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP