२०८३ श्रावण ७
July 23, 2026, Thursday

बेनीमा एक महिने ब्यटि पार्लर सम्बन्धि तालिम सुरु

म्याग्दी । म्याग्दीको बेनीमा एक महिने ब्यटि पार्लर सम्बन्धि सिप विकास तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजना म्याग्दी उद्योग बाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको समन्वयमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

Advertisement

जेठ १६ गतेदेखि सुरु भएको तालिम असार १४ सम्म संचालन हुने पर्यटन कार्यालयका कार्यालय प्रमुख अमृत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष राजेश शाक्यले महिलाहरुलाई आत्मनिर्भर बनाउन यो तालिमले महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अहिले ब्यटि पार्लरको सम्बन्धि सिपको आवश्यक रहेको बताउनुभयो ।

पिस साइन ब्यटि पार्लरका संचालक पर्मिला जोशी श्रेष्ठले तालिमको सहजिकरण गर्नुहुने तालिममा विभिन्न क्षेत्रका करिब २० जना सहभागी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उद्यम विकास समिति सभापती अम्बिका श्रेष्ठले महिलाहरु आत्मनिर्भर नभएमा पछि पर्ने भन्दै तालिमको सदुपयोग गर्न सहभागिलाई आग्रह गर्नुभयो । पर्यटन कार्यालयका सन्तोष ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP