२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

बेनीमा एक महिने ब्यटि पार्लर सम्बन्धि तालिम सुरु

म्याग्दी । म्याग्दीको बेनीमा एक महिने ब्यटि पार्लर सम्बन्धि सिप विकास तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजना म्याग्दी उद्योग बाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको समन्वयमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

Advertisement

जेठ १६ गतेदेखि सुरु भएको तालिम असार १४ सम्म संचालन हुने पर्यटन कार्यालयका कार्यालय प्रमुख अमृत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

Advertisement

म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष राजेश शाक्यले महिलाहरुलाई आत्मनिर्भर बनाउन यो तालिमले महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अहिले ब्यटि पार्लरको सम्बन्धि सिपको आवश्यक रहेको बताउनुभयो ।

पिस साइन ब्यटि पार्लरका संचालक पर्मिला जोशी श्रेष्ठले तालिमको सहजिकरण गर्नुहुने तालिममा विभिन्न क्षेत्रका करिब २० जना सहभागी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उद्यम विकास समिति सभापती अम्बिका श्रेष्ठले महिलाहरु आत्मनिर्भर नभएमा पछि पर्ने भन्दै तालिमको सदुपयोग गर्न सहभागिलाई आग्रह गर्नुभयो । पर्यटन कार्यालयका सन्तोष ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८२ जेष्ठ १८, शनिबार ०४:३६

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८२ जेष्ठ १८, शनिबार ०४:३६

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८२ जेष्ठ १८, शनिबार ०४:३६

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP