२०८३ श्रावण १४
July 30, 2026, Thursday

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा भएको प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कांस्य पदक जित्दै कास्की उपाधि विजेता बनेको छ भने ११ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेर म्याग्दी दोस्रो भएको छ ।

म्याग्दीले यसपटक प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो अब्बल खेल देखाउन सफल भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको नेतृत्वमा खेलाडी, प्रशिक्षक सहितको टोली गोरखा पुगेको महासचिव कुमार किसानले बताउनुभयो । प्र्रतियोगितामा म्याग्दीले प्राप्त गरेको नतिजा सन्तोषजनक भएको र कमीकमजोरीलाई आगामी प्रतियोगितामा सुधार गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । प्रतियोगितामा १० स्वर्ण, १० रजत र १० कांस्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कांस्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।

यस्तै ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कांस्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेर स्याङजा आठौं, १ स्वर्ण, ३ रजत र ७ कांस्य जितेर पर्वत नवौं बनेको छ ।प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी (महिला÷पुरुष), कभर्ड हलमा तेक्वान्दो र कराते खेल भएका थिए । त्यस्तै गोरखा नगरपालिका–१० छेवेटार स्थित खेलकुदमैदानमा एथलेटिक्स र उसु खेल सञ्चालन भएको थियो ।

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP