६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा भएको प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कांस्य पदक जित्दै कास्की उपाधि विजेता बनेको छ भने ११ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेर म्याग्दी दोस्रो भएको छ ।
म्याग्दीले यसपटक प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो अब्बल खेल देखाउन सफल भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको नेतृत्वमा खेलाडी, प्रशिक्षक सहितको टोली गोरखा पुगेको महासचिव कुमार किसानले बताउनुभयो । प्र्रतियोगितामा म्याग्दीले प्राप्त गरेको नतिजा सन्तोषजनक भएको र कमीकमजोरीलाई आगामी प्रतियोगितामा सुधार गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । प्रतियोगितामा १० स्वर्ण, १० रजत र १० कांस्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कांस्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।
यस्तै ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कांस्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेर स्याङजा आठौं, १ स्वर्ण, ३ रजत र ७ कांस्य जितेर पर्वत नवौं बनेको छ ।प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी (महिला÷पुरुष), कभर्ड हलमा तेक्वान्दो र कराते खेल भएका थिए । त्यस्तै गोरखा नगरपालिका–१० छेवेटार स्थित खेलकुदमैदानमा एथलेटिक्स र उसु खेल सञ्चालन भएको थियो ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत तिन सय जना विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ...