२०८३ श्रावण १२
July 28, 2026, Tuesday

उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाद्वारा पात्लेखेत पहिरोको निरीक्षण


म्याग्दी । सङ्घीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले गृह जिल्ला म्याग्दीको बेनी नगरपालिका-१०,स्थित बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ ।शनिबार राज्यमन्त्री गर्बुजाले निरीक्षण गर्नुभएको हो ।

Advertisement

निरीक्षणमा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,कांग्रेस प्रदेशसभा क्षेत्र(क) का सभापति ओम छन्त्याल ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,बेनपा -१०का वडा अध्यक्ष चक्र केसी  लगायत नेता तथा कार्यकर्ता र सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका प्राविधिक टोली सहभागी थिए । वडा अध्यक्ष मसवीर रोका,बेनी नगरकार्यपालिका सदस्य निर्मला मल्ल लगायतले राज्यमन्त्री गर्बुजालाई पहिरोले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।विक्रम संवत् २०६९ सालदेखि गाउँको पुछारबाट  पहिरो जान थालेपछि  सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जाने क्रम रोकिएको छैन ।

धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले सात सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । बान्द्रेखाल्टी र पाखा पहिरोपहिरोको कारण हरि गर्बुजा ,खम्बी गर्बुजा ,यामबहादुर राम्जाली र लालबहादुर हमाल विस्थापित हुनुभएको बेनी नगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएकी स्थानीय निर्मला मल्लले जानकारी दिनुभयो  । उहाँका अनुसार,उक्त पहिरो गोकुल शर्मा ,केदार सुवेदी ,नरबहादुर मल्ल ,जागेश्वर रिजाल ,धनबहादुर मल्ल ,अर्जुन पराजुली ,मनबहादुर रावत,टीका गिरी र कमल मल्लको घर उच्च जोखिममा परेका छन् । भने बान्द्रेखाल्टी पहिरोले ३५ घरधुरी जोखिममा परेका छन् । भने पाखा पहिरोबाट  २८ घरधुरी बढी जोखिममा परेका छन् ।

वि.सं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगंगा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका करिब तीस जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ ।

रोकथामको लागि वडाबाट ग्यावियन पर्खाल निर्माण गरिए पनि गत महिनाको पहिरोले बगाएको छ ।यसअघि पनि विभिन्न निकायबाट रोकथामका लागि काम भएनी सफल हुन सकेन ।भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।पहिरो निरीक्षण पछि राज्यमन्त्री गर्बुजाले  दीर्घकालीन रोकथामका लागी पक्की पर्खाल सहितको पुर्वाधार संरचना निर्माण गर्न बजेट व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP