२०८३ श्रावण १२
July 28, 2026, Tuesday

म्याग्दीका जनता र माओवादीको शिर ठाडो हुने गरी काम गरेका छौ– जुग्जाली

दरवाङ, १५ भदौ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र माओवादीका कार्यकर्ताहरुको शिर ठाडो हुने गरी काम गरेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(२) को आइतबार दरवाङमा भएको बैठकमा सम्बोधन गर्दै उक्त प्रदेश क्षेत्रका ईञ्चार्ज समेत रहेका जुग्जालीले म्याग्दीमा माओवादीका कर्ताकर्ताहरुले शिर ठाडो गरेर हिड्ने वातावरण बनाएको बताउदै उच्च मनोबलका साथ जनताकहाँ पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

Advertisement


“देशभर होस या म्याग्दीमा माओवादीले अवसर पायो भने विकास, शुसासनको पक्षमा इमान्दार भएर काम गर्छन भन्ने हामी जनप्रतिनिधीले ब्यवहारले पुष्टि गरेका छौ,” उहाँले भन्नुभयो “सरकारमा हुँदा विकासका योजना र बजेट भ्त्रिएर कार्यान्वयन ग¥यौ, प्रतिपक्षमा हुँदा जनताको मुद्दालाई जोडतोडका साथ उठाएका छौ । सरकारलाई खबरदारी गरेका छौ ।”


सो बैठकमा मालिका गाउँपालिका–४ ओखरबोटकी पुर्व वडा सदस्य सिता वि.क. नेकपा माओवादी केन्द्रमा फर्कनुभएको छ । वि.स. २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विक २०७९ मा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।


विकलाई इञ्चार्ज जुग्जाली, प्रदेश संयोजक यामन रोका, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतले स्वागत गर्नुभयो । भ्रममा परेर एमालेमा गएपछि म्याग्दीको विकास र पिछडिएको समुदायको मुक्तिका लागि लड्ने माओवादीनै हो भन्ने लागेर फिर्ता भएको सिताले बताउनुभयो ।


बैठकले तीन महिने म्याग्दीकाली जनभेटघाट अभियानलाई सफल बनाउन नेताहरुको जिम्मेवारी बाडफाँड र कार्यक्रम बनाएको छ । संगठन सुदृढीकरण, सदस्यता नविकरण, विस्तार, वडा र टोल स्तरमा पार्टीको कमिटि निर्माण, जनवर्गीय संगठनको भेला, सम्मेलन, स्थानीयबासीसँग भेटघाट गरि आवश्यकता, समस्या पहिचान र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने माओवादी केन्द्रका प्रदेश संयोजक रोकाले बताउनुभयो ।
 
समसायिक राजनीतिक घटनाक्रम र पार्टीले लिएको शुसासन तथा भ्रष्ट्राचार विरुद्धको नीतिको बारेमा जनतासम्म सन्देश पु¥याउने र जनसम्बन्ध सुढृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रोकाले बताउनुभयो । माओवादी नेतृत्वको सरकार, पार्टीका नेता र जनप्रतिनिधीहरुको पहलमा म्याग्दीमा भएका विकास गतिबिधिहरुको बारेमा जानकारी गराउने तथा थप गर्नुपर्ने कामको पहिचान पनि गरिने संयोजक रोकाले बताउनुभयो ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP