२०८२ माघ २२
February 4, 2026, Wednesday

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

Advertisement

बेनीमा संचालनमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरु संग हुलाकको महत्व हुलाकले गर्ने काम कारबाही र अहिलेको प्रविधिको युगमा हुलाकको महत्वका बारेमा विद्यार्थी र हुलाकका कर्मचारी बिच अन्तरक्रिया (प्रश्नत्तोर) कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

हुलाकले गर्ने काम यसले कसरी चिठ्ठीपत्रलाई आम नागरिक समक्ष पुराउछ र यसको विश्वसनियता कस्तो भन्ने बारेमा कार्यालयका मिन बहादुर बरुवालले सहजिकरण गर्नुभएको थियो । हुलाकले कसरी डाँक सेवा प्रदान गरेको र यसको प्रक्रिया के हुन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई डाँक शाखाकी सम्झना भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

अहिलेको जेएजी पुस्ताहरुलाई हुलाकको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यलय प्रमुख रमेश थापाले बताउनुभयो । उहाँले अहिलेको युवाहरु प्रविधि संग नजिक छन् तर उनीहरुलाई परम्परागत सूचना प्रवाहको बारेमा जानकारी छैन यसले दुई पुस्ता विचको ठूलो भिन्नता नहोस भनेर विद्यार्थीहरु संग अन्तरक्रिया गरिएको थापाको भनाई छ ।
कार्यक्रममा करिब २५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यालय दिवसको अवसरमा तिन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउ लागेको हो । अक्टोवर ९ तारिकको दिन विश्व हुलाक दिवस मनाउने गरिएको छ ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ आश्विन २२, बुधबार १५:४०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ आश्विन २२, बुधबार १५:४०

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ आश्विन २२, बुधबार १५:४०

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP