२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

Advertisement

बेनीमा संचालनमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरु संग हुलाकको महत्व हुलाकले गर्ने काम कारबाही र अहिलेको प्रविधिको युगमा हुलाकको महत्वका बारेमा विद्यार्थी र हुलाकका कर्मचारी बिच अन्तरक्रिया (प्रश्नत्तोर) कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

हुलाकले गर्ने काम यसले कसरी चिठ्ठीपत्रलाई आम नागरिक समक्ष पुराउछ र यसको विश्वसनियता कस्तो भन्ने बारेमा कार्यालयका मिन बहादुर बरुवालले सहजिकरण गर्नुभएको थियो । हुलाकले कसरी डाँक सेवा प्रदान गरेको र यसको प्रक्रिया के हुन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई डाँक शाखाकी सम्झना भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

अहिलेको जेएजी पुस्ताहरुलाई हुलाकको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यलय प्रमुख रमेश थापाले बताउनुभयो । उहाँले अहिलेको युवाहरु प्रविधि संग नजिक छन् तर उनीहरुलाई परम्परागत सूचना प्रवाहको बारेमा जानकारी छैन यसले दुई पुस्ता विचको ठूलो भिन्नता नहोस भनेर विद्यार्थीहरु संग अन्तरक्रिया गरिएको थापाको भनाई छ ।
कार्यक्रममा करिब २५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यालय दिवसको अवसरमा तिन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउ लागेको हो । अक्टोवर ९ तारिकको दिन विश्व हुलाक दिवस मनाउने गरिएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८२ आश्विन २२, बुधबार १५:४०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८२ आश्विन २२, बुधबार १५:४०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८२ आश्विन २२, बुधबार १५:४०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP