म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका हुन् ।एक महिनाको अवधिमा चौर गाउँका पाँच जना किसानले पालेका ४८ वटा भेडाबाख्रा मरेको भेडापालक किसान रामप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफ्नो ११ वटा र अन्यको गरेर ४८ वटा भेडाबाख्रा मर्दा करिब दश लाख भन्दा बढीको क्षतीभएको छ । दशैयता गाउँमा बाख्रालाई पखला लाग्ने, घाँस नखाने, झोर्काएर बस्ने र २÷३ दिनमा बाख्राको मृत्यु हुने गरेको छ । गाउँका गमबहादुर छन्त्यालको ५, मिनलाल छन्त्यालको ६, बलमान छन्त्यालको ८ र अन्यको समेत बाख्रा गोठमा मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
‘पहिलाका बर्षहरुमा पनि चिसो समयमा पाठापाठीहरुमा समस्या देखिन्थ्यो, केही दिनमा ठिक हुन्थ्यो तर अहिले माउँलाई नै समस्या देखियो’ छन्त्यालले भन्नुभयो । यसले हामीले ठूलो क्षती पुराएको छ । पशुपालनलाई पहिलो आम्दानीको स्रोत मानेर पशुपालनमा लागेका किसानको यसरी रोगका कारण पशुको मृत्यु हुनथालेपछी समस्या भएको छ ।
वडा नं. ८ चिमखोलाका पशु प्राविधिक सन्दीप दर्जीले गाउँमा समस्या भएपछि आफु गएर उपचारपछि अहिले बाख्रा मर्ने छोडेको बताउनुभयो । ‘मलाई त्यहाँबाट किसानले फोन गर्नुभएको थियो म पुगेर उपचार गरेको हुँ अहिले त्यस्तो समस्या छैन ।’ दर्जी भन्नुभयो ।हामीले घुम्ती गोठका लागि वितरण गरेको औषधिहरु पनी उहाँहरुले खुवाउनुभएको नरहेछ । त्यसले पनि समस्या भयो ।यता गाउँपालिकाका पशुशाखा प्रमुख स्तुति पौडेलले पशुको बिमा नगरेका कारण क्षतीपुर्ती दिन नसकीने बताउनुभयो । किसानले पशुबिमा गर्नभएको छैन र आधिकारी रुपमा पनि उहाँहरुले निवेदन दिनुभएको छैन । फोनमा जानकारी गराउनुभएको थियो हामीले प्राविधिकहरु पठाएर उपचार गराएका हौँ ।
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...
२३ औं संस्करणको जिल्ला स्तरीय अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको केबी एकेडेमीले हात पारेको...