२०८३ असार २६
July 10, 2026, Friday

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका हुन् ।एक महिनाको अवधिमा चौर गाउँका पाँच जना किसानले पालेका ४८ वटा भेडाबाख्रा मरेको भेडापालक किसान रामप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।


उहाँका अनुसार आफ्नो ११ वटा र अन्यको गरेर ४८ वटा भेडाबाख्रा मर्दा करिब दश लाख भन्दा बढीको क्षतीभएको छ । दशैयता गाउँमा बाख्रालाई पखला लाग्ने, घाँस नखाने, झोर्काएर बस्ने र २÷३ दिनमा बाख्राको मृत्यु हुने गरेको छ । गाउँका गमबहादुर छन्त्यालको ५, मिनलाल छन्त्यालको ६, बलमान छन्त्यालको ८ र अन्यको समेत बाख्रा गोठमा मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

‘पहिलाका बर्षहरुमा पनि चिसो समयमा पाठापाठीहरुमा समस्या देखिन्थ्यो, केही दिनमा ठिक हुन्थ्यो तर अहिले माउँलाई नै समस्या देखियो’ छन्त्यालले भन्नुभयो । यसले हामीले ठूलो क्षती पुराएको छ । पशुपालनलाई पहिलो आम्दानीको स्रोत मानेर पशुपालनमा लागेका किसानको यसरी रोगका कारण पशुको मृत्यु हुनथालेपछी समस्या भएको छ ।

वडा नं. ८ चिमखोलाका पशु प्राविधिक सन्दीप दर्जीले गाउँमा समस्या भएपछि आफु गएर उपचारपछि अहिले बाख्रा मर्ने छोडेको बताउनुभयो । ‘मलाई त्यहाँबाट किसानले फोन गर्नुभएको थियो म पुगेर उपचार गरेको हुँ अहिले त्यस्तो समस्या छैन ।’ दर्जी भन्नुभयो ।हामीले घुम्ती गोठका लागि वितरण गरेको औषधिहरु पनी उहाँहरुले खुवाउनुभएको नरहेछ । त्यसले पनि समस्या भयो ।यता गाउँपालिकाका पशुशाखा प्रमुख स्तुति पौडेलले पशुको बिमा नगरेका कारण क्षतीपुर्ती दिन नसकीने बताउनुभयो । किसानले पशुबिमा गर्नभएको छैन र आधिकारी रुपमा पनि उहाँहरुले निवेदन दिनुभएको छैन । फोनमा जानकारी गराउनुभएको थियो हामीले प्राविधिकहरु पठाएर उपचार गराएका हौँ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP