म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी जानाकारी दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा म्यागदी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा जिल्लका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।
८० जना ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ र खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले खाद्य सुरक्षा सम्बन्धी नीतिगत ब्यवस्था र खाद्य सुरक्षा तथा स्वच्छताका मापदण्ड लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
गुणस्तरीय र स्वच्छ खाद्यान्न उपभोग गर्न पाउने उपभोक्ताको अधिकारका लागि तालिमले सहयोग पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । २०२३ सालको पुरानो खाद्य सुरक्षा ऐन संसोधन भएर २०८१ मा नयाँ ऐन जारी भएको छ ।
नयाँ ऐनमा भएका ब्यवस्थाको विषयमा पनि ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । नीतिगत ब्यवस्थाका विषयमा ब्यवसायीलाई जानकारी गराएर कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउन नदिन र उपभोक्ता अधिकारप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा नौँ जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ ।...
म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको विकासका लागि प्राथमिकता राखेर बजेट बिनियोजन गरेको बताउनुभएको छ । नेपाली कांग्रेस बेनी...