गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र ज्यालादर निर्धारण गरेको छ । पूर्ण गाउँमा रहेको लाल युवा क्लबले दुई बर्षका लागि मान्यहुने गरी मुल्यसूची लागु गरेका हुन् । गाउँमा आमा समुह, मजदुर, राजनितिक दल, नागरिक अगुवा लगायतको भेलाको आयोजना गरी २०८३ जेठ २० गते सम्मका लागि लागु हुने गरी मुल्य सूची तयार गरिएको छ ।
हामीले प्रत्येक दुई बर्षमा गाउँमा भेला राखेर गाउँमा उत्पादन हुने बस्तु र ज्यालाको निर्धारण गर्ने गरेका छौँ । क्लब अध्यक्ष खगेन्द्र खत्रीले भन्नुभयो ।‘गाउँका सबैले आफु खुशी सामान बिक्री गर्न पाउदैनन्, उनीहरुले गाउँ भेलाले तोकेको मुल्य सुचिमा रहेर सामान सामान तथा बस्तु विक्री गर्नुपर्छ ।’ अध्यक्ष खत्रीका अनुसार गाउँमा उत्पादन हुने गहुmँ जौँ, मकै, कोदो, आलु १ पाथीको दुई सय, धान एक पाथीको २५०, कालो भट्ट पाँच सय, सिमी आठ सय, भाङ्गो सात सय, मास एक हजार, मह प्रति केजी एक हजार पाँच सय, खसीको मासु एक केजीको एक हजार लगायत विभिन्न बस्तुको मुल्य तयार पारिएको छ ।

त्यस्तै गरी ज्यालादरमा हलीलाई ८ घण्टाको एक हजार, काठे सिपालु एक हजार तिन सय, वयल्दिङ्ग दुई हजार, मेसिनबाट दाउरा चिर्नेलाई एक हजार, प्लाष्टर गर्ने मिस्त्रीलाई एक हजार दुई सय रुपैयाँ ज्याला निर्धारण गरिएको क्लबका सचिव भरत अर्मजाले बताउनुभयो । गाउँको भेलाले निर्धारणको मुल्य सुची र ज्याला धार पसल र सार्वजनिक क्षेत्रमा टासीएर राखीएका छन् ।
हामीले गाउँको भेलाले नै गरेको निर्णयमा रहेका विक्री र ज्याला दिने गरेको स्थानीय जुना खत्रीले बताउनुभयो । ‘सबैले सबै कुरा लागु गरेका छैनन् तर भेलाले तोकेको विवरणमा नै टेकेर विक्री र ज्याला दिने गरेका छन्, धेरै फरक हुनैन पचास, सय रुपैयाँ मात्र हो ।’
गाउँमा कसैले भेलाको निर्णय विरुद्ध पुगेर सामान बेचेको वा ज्याला लिएको दिएको पाएमा जस्ले लिन्छ वा विक्री गर्छ उसलाई युवा क्लब र आमा समुहले कारबाही गर्ने गरिएको क्लबले जनाएको छ । प्रत्येक बर्षमा एक पटक गाउँमा स्वास्थ्य शिविर गर्दै आएको युवा क्लबले गाउँका समसामहिक बिषय समेत चासो दिदै काम गर्दै आएको छ ।
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...