२०८३ असार २७
July 11, 2026, Saturday

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र ज्यालादर निर्धारण गरेको छ । पूर्ण गाउँमा रहेको लाल युवा क्लबले दुई बर्षका लागि मान्यहुने गरी मुल्यसूची लागु गरेका हुन् । गाउँमा आमा समुह, मजदुर, राजनितिक दल, नागरिक अगुवा लगायतको भेलाको आयोजना गरी २०८३ जेठ २० गते सम्मका लागि लागु हुने गरी मुल्य सूची तयार गरिएको छ ।

हामीले प्रत्येक दुई बर्षमा गाउँमा भेला राखेर गाउँमा उत्पादन हुने बस्तु र ज्यालाको निर्धारण गर्ने गरेका छौँ । क्लब अध्यक्ष खगेन्द्र खत्रीले भन्नुभयो ।‘गाउँका सबैले आफु खुशी सामान बिक्री गर्न पाउदैनन्, उनीहरुले गाउँ भेलाले तोकेको मुल्य सुचिमा रहेर सामान सामान तथा बस्तु विक्री गर्नुपर्छ ।’ अध्यक्ष खत्रीका अनुसार गाउँमा उत्पादन हुने गहुmँ जौँ, मकै, कोदो, आलु १ पाथीको दुई सय, धान एक पाथीको २५०, कालो भट्ट पाँच सय, सिमी आठ सय, भाङ्गो सात सय, मास एक हजार, मह प्रति केजी एक हजार पाँच सय, खसीको मासु एक केजीको एक हजार लगायत विभिन्न बस्तुको मुल्य तयार पारिएको छ ।

त्यस्तै गरी ज्यालादरमा हलीलाई ८ घण्टाको एक हजार, काठे सिपालु एक हजार तिन सय, वयल्दिङ्ग दुई हजार, मेसिनबाट दाउरा चिर्नेलाई एक हजार, प्लाष्टर गर्ने मिस्त्रीलाई एक हजार दुई सय रुपैयाँ ज्याला निर्धारण गरिएको क्लबका सचिव भरत अर्मजाले बताउनुभयो । गाउँको भेलाले निर्धारणको मुल्य सुची र ज्याला धार पसल र सार्वजनिक क्षेत्रमा टासीएर राखीएका छन् ।

हामीले गाउँको भेलाले नै गरेको निर्णयमा रहेका विक्री र ज्याला दिने गरेको स्थानीय जुना खत्रीले बताउनुभयो । ‘सबैले सबै कुरा लागु गरेका छैनन् तर भेलाले तोकेको विवरणमा नै टेकेर विक्री र ज्याला दिने गरेका छन्, धेरै फरक हुनैन पचास, सय रुपैयाँ मात्र हो ।’

गाउँमा कसैले भेलाको निर्णय विरुद्ध पुगेर सामान बेचेको वा ज्याला लिएको दिएको पाएमा जस्ले लिन्छ वा विक्री गर्छ उसलाई युवा क्लब र आमा समुहले कारबाही गर्ने गरिएको क्लबले जनाएको छ । प्रत्येक बर्षमा एक पटक गाउँमा स्वास्थ्य शिविर गर्दै आएको युवा क्लबले गाउँका समसामहिक बिषय समेत चासो दिदै काम गर्दै आएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP