म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा ८ कुईनेमंगलेको उच्च क्षेत्रमा हिमताप भएको हो शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको लमसुङ माविका शिक्षक दर्पन रोका मगरले जनकारी दिनुभयो ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । लामो समय सम्म पनि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।आज अलिअलि हिउँ र पानी परेको छ यसले सुक्न लागेको गहुँबाली राम्रो हुन्छ की भन्ने आशा पलाएको छ । कुईनेमंगलेका अंकित पुनले भन्नुभयो । यो बर्षको पहिलो हिउँ परेको हो ।

अहिले म्याग्दीको जिल्लाको विभिन्न क्षेत्रमा हिमपात र बर्षा भैरहेको र उच्च क्षेत्रमा स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो ।यस्तै हिमाली जिल्ला मुस्ताङमा पनि यो बर्षको पहिलो हिमपात भैररहेको छ ।
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...