२०८३ आश्विन १
September 17, 2026, Thursday

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले जितेका छन् ।

Advertisement

बेनी सामुदायिक माविले आयोजना गरेको प्रतियोगिताको छात्रतर्फ मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि र छात्रातर्फ आयोजक विद्यालयले जितेका हुन् । १६ विद्यालय सहभागि छात्रतर्फ राष्ट्रिय माविसँग सोझो तीन सेटमा पराजित बेनीको न्यु वेष्ट पोइन्ट आवासीय मावि उपबिजेतामा चित्त बुझायो ।

आठ विद्यालय सहभागी छात्रातर्फको फाइनलमा बेनी सामुदायिक माविसंग सोझो तीन सेटमा पराजित प्रकाश मावि उपबिजेता भएको छ । छात्र÷छात्रातर्फ बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु। ६० हजार र ४० हजार नगद पुस्कार प्रदान गरिएको बेनी सामुदायिक माविका प्रअ भिम घर्तीले जानकारी दिनुभयो ।

छात्रातर्फ सेटरमा बेनी सामुदायिककी अस्मिता पुन वेष्ट, प्रकाश माविका प्रिया गोतामे स्पाइकर, प्रशिक्षकमा प्रविन श्रेष्ठ उत्कृष्ट हुँदा सामुदायिकका टिम क्याप्टेन समिक्षा थापाले उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो ।

छात्रतर्फ सेटरमा राष्ट्रिय माविका छकबहादुर पुन, स्पाइकरमा योजन पुन, प्रशिक्षकमा युगेश पुन उत्कृष्ट र भिमबहादुर बि।क। सर्वोकृष्ट खेलाडी घोषित भएका बेनी सामुदायिक माविका शिक्षक मदन सुवेदीले जानकारी दिनुभयो ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य रशेमबहादुर जुग्जाली, बेनी सामुदायिक माविको ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी, प्रअ घर्ती, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका पुर्वमन्त्री समेत रहेका जुग्जालीले म्याग्दीका धेरै भलिबल खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा मार्फत देश र जिल्लालाई चिनाएको बताउदै भलिबल कवर्डहल बनाउने म्याग्दी जिल्ला भलिबल संघको अभियानमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

उक्त कार्यक्रमको अवसरमा बेनी सामुदायिक माविमा रु। २० लाख राशीको जन्मदिन अक्षयकोष सुरु भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक र दाताहरुले जन्मदिनको अवसरमा गर्ने सहयोगबाट विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीलाई सघाउने उद्देश्यले सञ्चालन भएको कोषमा रु। ७० हजार संकलन भएको प्रअ घर्तीले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP