२०८२ माघ १८
January 31, 2026, Saturday

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले मतदाताको घरदैलोमा पुगेर आफ्ना प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मनोनयदर्ता लगत्तै ग्रामिण क्षेत्रमा रहेका मतदातालाई लक्षित गरी चुनावी अभियान सञ्चालन गर्नुभएका भण्डारीले बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण, मंगला गाउँपालिका क्षेत्रमा पहिलो चरणको घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ ।

Advertisement

“पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरी दोस्रो चरणमा सबै मतदाताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारीका बारेमा जानकारी दिनेछु,”उम्मेदवार भण्डारीले भन्नुभयो । पार्टी सभापति खमबहादुर गर्बुजाले प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्री हुदाँ छोटो समयमा जिल्लामा भित्रिएको बजेट तथा योजनालाई पूर्णता दिन तथा जिल्लामा थप विकास बजेट र योजनाका लागि समेत कांग्रेसको विजय आवश्यक रहेको बताउनुभयो ।

Advertisement

चुनावी अभियानको क्रममा भण्डारीले गाउँघरका समस्या, मतदाताका आवश्यकता तथा आफ्नो उम्मेदवारीका बारेमा एकल तथा सामुहिक भेटघाटमा केन्द्रित भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । “हामीले चुनावी प्रचारलाई तीव्रता दिन निर्वाचन परिचाल समिति बनाइरहेका छौ, उम्मेदवारसँगै घरदैलो अभियानमा मतदाताको सुझाव संकलन गरिरहेका छौँ” नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँले भन्नुभयो ।

संयोजक बानियाँका अनुसार उम्मेदवार भण्डारीले जिल्लाका विभिन्न गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै त्यहाँका समस्या, गुनासा र अपेक्षालाई समेटेर मतदाता लक्षित प्रतिबद्धतापत्र समेत बनाइरहनुभएको छ । मतदाता तथा ग्रामिण क्षेत्रमा रहेका शुभचिन्तकले निर्माणाधीन जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रमा धेरै तथा जिल्लाभरबाट सेयर हाल्न पाउने सुनिश्चितता गर्न समेत माग गरेका छन् ।

त्यसैगरीपूर्वाधार विकास, सुशासन र युवालाई रोजगारी दिने योजनामा ध्यान दिन समेत अनुरोध गरेको उम्मेदवार भण्डारीको भनाई छ । चुनावी अभियानमा जेनजी आन्दोलनपछि पार्टीमा देखिएको परिवर्तन, नेपाली कांग्रेस एकमत भएर सञ्चालन गरिरहेको अभियानले समेत पार्टीमा उर्जा थपिएको छ भने कांग्रेस र नयाँ मतदाताको दूरी समेत घटाएको छ ।

Related News

विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा
विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा
  • २०८२ माघ १८, शनिबार १७:००

म्याग्दी ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी)...

एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
  • २०८२ माघ १८, शनिबार १७:००

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले...

जलविद्युत् र पर्यटनबाट रोजगारी  दिलाउँछु : कांग्रेसका म्याग्दी उमेदवार भण्डारी
जलविद्युत् र पर्यटनबाट रोजगारी  दिलाउँछु : कांग्रेसका म्याग्दी उमेदवार भण्डारी
  • २०८२ माघ १८, शनिबार १७:००

नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्य उमेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताएका...

TOP