राकेश शर्मा
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न भएको हो । करिब एक करोड ५० लाख लागतमा आर्थिक बर्ष २०८२÷०८३ मा निर्माण सम्पन्न भएको हो । गाउँपालिकाको आर्थिक २०८०÷०८१ मा ५० लाख, ०८१÷०८२ मा ५५ लाख र ०८२÷०८३ मा ३४ लाख गरेर निर्माण सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा पार्किङ र वरिपरी गेट हाल्नका लागि गाउँलेबाट ६ लाख चन्दाबाट निर्माण गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिनुभयो ।
भूकम्प प्रतिरोधी क्षमता भएको नौं वटा कोठा भएको दुईतले भवन बनाइएको छ । भ्वन संगै माथिल्लो तलामा सभाहल समेत निर्माण गरिएको छ । एक सभा हल, वडाध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ३ वटा शौचालय समेत निर्माण गरिएको वडाध्यक्ष फगामीले नवनिर्मित भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो । भवनको तल्लो तलमा बेग स्वास्थ्य चौकी राखिएको छ । माथिल्लो तलमा वडाको कार्यालय राखिएको छ ।

पार्किङसहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीयको भनाई छ । ८ वटा वडा रहेका रघुगंगामा यस अघि वडा नं. ५ झिँ, ६ पाखापानीमा वन निर्माण भएको थियो । वडा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, ४ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन भएको बताउनुभयो ।




