Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण

राकेश शर्मा
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न भएको हो । करिब एक करोड ५० लाख लागतमा आर्थिक बर्ष २०८२÷०८३ मा निर्माण सम्पन्न भएको हो । गाउँपालिकाको आर्थिक २०८०÷०८१ मा ५० लाख, ०८१÷०८२ मा ५५ लाख र ०८२÷०८३ मा ३४ लाख गरेर निर्माण सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा पार्किङ र वरिपरी गेट हाल्नका लागि गाउँलेबाट ६ लाख चन्दाबाट निर्माण गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिनुभयो ।

Advertisement

भूकम्प प्रतिरोधी क्षमता भएको नौं वटा कोठा भएको दुईतले भवन बनाइएको छ । भ्वन संगै माथिल्लो तलामा सभाहल समेत निर्माण गरिएको छ । एक सभा हल, वडाध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ३ वटा शौचालय समेत निर्माण गरिएको वडाध्यक्ष फगामीले नवनिर्मित भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो । भवनको तल्लो तलमा बेग स्वास्थ्य चौकी राखिएको छ । माथिल्लो तलमा वडाको कार्यालय राखिएको छ ।

Advertisement

पार्किङसहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीयको भनाई छ । ८ वटा वडा रहेका रघुगंगामा यस अघि वडा नं. ५ झिँ, ६ पाखापानीमा वन निर्माण भएको थियो । वडा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, ४ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन भएको बताउनुभयो  ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP