म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती विद्युत गृह पछाडीको ल्यासीको भीरबाट पहिरोसहित ढुंगा खसेर फसेका दुईजनाको सकुसल उद्दार गरिएको छ भने एक जना सुरक्षा गार्ड बेपत्ता भएको आशंका गरिएको छ।
रातिदेखिको अविरल वर्षाका कारण पावरहाउसको पछाडि रहेको छ । पहिरोले सुरक्षा गार्ड बस्ने घरसहित पावरहाउसको केही भाग पुरिएको स्थानीय प्रेमबहादुर बरुवालले जानकारी दिए।
पहिरो खसेपछि पावरहाउसमा सुरक्षार्थ खटिएका वेपत्ता सुरक्षा गार्डको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। घटना भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस नारच्याङबाट सशस्त्र प्रहरी निरीक्षक विमल सिलवालको कमाण्डमा १३ जना सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली संयुक्त रूपमा उद्धारका लागि परिचालन भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।



