Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

एमालेको विजय जुलुसमा ढुंगामुढा, तीन घाइते

सुनसरी-३ मा नेकपा एमालेबाट विजयी भएकी भगवती चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन्।

Advertisement

उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

Advertisement

उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो।

‘चौधरीसँग विजय जुलुसमा गइरहेको समयमा रंग अबिर लगाउने कुरामा विवाद भएको थियो,’ उनले भने, ‘कसैले नलगाउने भनेपछि स्थानीय र विपक्षीसँग विवाद भएको थियो। सोही क्रममा ढुंगामुढा पनि प्रहार भएको थियो।’

यस्तै, प्रहरी तैनाथ भएका कारण झडपलाई तत्कालै नियन्त्रणमा लिइएको थियो भने झडपमा तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको उनले बताए।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उनले ५ हजार १८८ मतले पराजित गरेकी थिइन्। चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी थिइन् भने गच्‍छदारले ३५ हजार ६०० मत ल्याएका थिए।

Related News

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा
बाढीपहिरोको असर मुक्तिनाथको तीर्थयात्रामा
  • २०८३ आश्विन २, शुक्रबार ०४:५८

विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीको असर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रुको आगमनमा...

TOP