२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

एमालेको विजय जुलुसमा ढुंगामुढा, तीन घाइते

सुनसरी-३ मा नेकपा एमालेबाट विजयी भएकी भगवती चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन्।

Advertisement

उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए।

Advertisement

उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो।

‘चौधरीसँग विजय जुलुसमा गइरहेको समयमा रंग अबिर लगाउने कुरामा विवाद भएको थियो,’ उनले भने, ‘कसैले नलगाउने भनेपछि स्थानीय र विपक्षीसँग विवाद भएको थियो। सोही क्रममा ढुंगामुढा पनि प्रहार भएको थियो।’

यस्तै, प्रहरी तैनाथ भएका कारण झडपलाई तत्कालै नियन्त्रणमा लिइएको थियो भने झडपमा तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको उनले बताए।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उनले ५ हजार १८८ मतले पराजित गरेकी थिइन्। चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी थिइन् भने गच्‍छदारले ३५ हजार ६०० मत ल्याएका थिए।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर १४, बुधबार १७:०२

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर १४, बुधबार १७:०२

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
  • २०७९ मंसिर १४, बुधबार १७:०२

पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी...

TOP