२०८२ माघ १०
January 23, 2026, Friday

सत्ता चलाउन एमाले र माओवादीका नेताहरु छलफलमा

काठमाडौं- निर्वाचनको परिणाम नआउँदै नेकपा एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनकै दलहरु मिलेर सरकार बनाउने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन र आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गर्दै गठबन्धनको रक्षा गर्ने जनाएको हो ।

Advertisement

मंगलबार बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने बताइरहँदा उता माओवादी केन्द्र भने मौन बसेको छ । माओवादीले अहिलेसम्म गठबन्धनलाई निरन्तरता दिने बताएको छैन ।

Advertisement

एस पार्टीको चुनावको समीक्षा गर्न मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । ‘हामीले सोचेजस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई कायम राख्ने विषयमा एस पार्टी स्पष्ट भैसक्दा पनि माओवादी नबोल्नुमा भने कुनै कारण लुकेको आँकलन गरिएको छ । एमालेबाट विभाजन भएको एस पार्टीको अहिले थ्रेस होल्ड कायम हुने नहुने भन्ने बारेमा अझै यकिन भैसकेको छैन ।

तर माओवादीको समानुपातिकसहित करिब ३० सिट कामय हुने अवस्था छ । पहिलाको तुलनामा माओवादीको सिट संख्या कम भए पनि कांग्रेसलाई शुरुदेखिनै धम्क्याउन र बार्गेनिङ गर्न प्रशस्त भएकाले माओवादीको एउटा पक्ष अहिले पनि एमालेसँग निरन्तर संवादमा रहेको छ ।

अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निरन्तर संवाद गरिरहेको स्रोतको दाबी छ । ‘उपाध्यक्ष पौडेल र अर्थमन्त्री शर्माबीच निरन्तर संवाद भैरहेको छ’, स्रोतले भन्यो ।

माओवादीले राष्ट्रपति र सभामुख लिएर पाँच वर्षका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै निरन्तर प्रधानमन्त्री रहने गरी कुरा गर्ने वा राष्ट्रपति मात्रै लिएर प्रधानमन्त्री चाहिँ आधा आधा कार्यकाल गर्ने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।

सरकार गठनमा केही दिन ढिला हुने भएकाले अहिलेको अवस्थामा माओवादीले गठबन्धन वा अन्य दल भन्ने बारेमा मुख खोलिसकेको छैन । अहिलेसम्म एक सय ६१ सिटको परिणाम आइसकेको छ । एक सिटको मतगणना भइरहेको छ ।

दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना शुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ । स्याङ्जामा मतगणना रोक्ने कुनै कारण नहुँदा पनि मतगणना रोकिएको छ । निर्वाचन आयोगले आजसम्म निर्णय गर्ने जनाएको छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन ।

तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, डा. शेखर कोइराला, डा. शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् ।

बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर यसपटक उनलाई त्यति सहज भने छैन । त्यसकारण आफूलाई सहज हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

Related News

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ मंसिर १४, बुधबार १७:२६

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०७९ मंसिर १४, बुधबार १७:२६

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०७९ मंसिर १४, बुधबार १७:२६

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

TOP