२०८० मंसिर २२
December 8, 2023, Friday

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई हराउँदे क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा क्रोएसियाले अविश्वसनीय प्रदर्शन गर्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेमारले आकर्षक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए। तर, अतिरिक्त समयको दोस्रो हाफमा क्रोएसियाले सानदार पुनरागमन गर्‍यो।क्रोएसियाका लागि ११७ मिनेटमा ब्रुनो पेट्रोकोभिकले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए।त्यसपछि दुबै टिमले थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।ब्राजिलको पहिलो प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिकले सानदार बचाउ गरे।

क्रोएसियाका भने कुनैपनि खेलाडीले पेनाल्टी चुकाएनन्।तेस्रो प्रहार पोलमा लाग्दा ब्राजिल ४-२ ले स्तब्ध भयो।अब क्रोएसियाले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

Advertisement

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ मंसिर २४, शनिबार ०९:३०

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ मंसिर २४, शनिबार ०९:३०

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ मंसिर २४, शनिबार ०९:३०

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP