२०८३ असार २७
July 11, 2026, Saturday

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई हराउँदे क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा क्रोएसियाले अविश्वसनीय प्रदर्शन गर्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेमारले आकर्षक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए। तर, अतिरिक्त समयको दोस्रो हाफमा क्रोएसियाले सानदार पुनरागमन गर्‍यो।क्रोएसियाका लागि ११७ मिनेटमा ब्रुनो पेट्रोकोभिकले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए।त्यसपछि दुबै टिमले थप गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।ब्राजिलको पहिलो प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिकले सानदार बचाउ गरे।

क्रोएसियाका भने कुनैपनि खेलाडीले पेनाल्टी चुकाएनन्।तेस्रो प्रहार पोलमा लाग्दा ब्राजिल ४-२ ले स्तब्ध भयो।अब क्रोएसियाले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP