२०८३ भाद्र ९
August 25, 2026, Tuesday

म्याग्दीलाई संस्कृति र प्रकृतिको सम्भावना उजागरबाट समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले म्याग्दीलाई संस्कृति र प्रकृतिमा रहेको सम्भावनालाई उजागर गरि समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा गत पुस २८ देखि सञ्चालित सातौँ म्याग्दी महोत्सवको शनिवार बेनीमा समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

Advertisement


उहाँले म्याग्दी प्रकृति र संस्कृतिमा धनी रहेको बताउँदै यसलाई यहाँको आर्थिक गतिविधिसंग जोड्न सके यसले रोजगार सिर्जना गर्ने र आत्मनिर्भर बनाउन सहयोग पूग्ने बताउनुभयो । ‘‘ यहाँका जातजातिका पुख्र्यौली, यानीमाया, सोरठी, भजन, कृतन, घाटु लगायतका मौलिक संस्कृति छन्, हिजोका दिनमा परम्परागत मेलाहरुले यस्ता संस्कृतिलाई संरक्षण गर्ने गर्थे, अहिले महोत्सवहरुले यिनको जगेर्ना र संरक्षणमा योगदान दिएका छन’’–मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले त्रिवेणीदेखि कोरला जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना गण्डकी प्रदेशको भाग्यरेखा रहेको बताउँदै यसलाई सम्पन्न गराउन प्रदेश सरकारले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उत्तर–दक्षिण जोड्ने सडक स्तरीय बनेर सञ्चालनमा आउन सके यसले दुई छिमेकी राष्टसंगको पहुँच र सम्बन्ध बढ्ने र त्यसले व्यापार व्यवसाय र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


म्याग्दीमा रहेका स्लेट, ढुंगा, खरि, तामा र फलाम खानीहरुको उत्खनन्का लागि आबश्यक नीति निर्माणमा ध्यान दिने बताउँदै बेनी बजार लगायत नदीको तटिय क्षेत्रका बस्ती संरक्षण प्रमुख प्राथमिकता पर्ने बताउनुभयो । संघीय सरकार मार्फत सञ्चालित बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र परेको गुनासोलाई सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने मुख्यमन्त्री अधिकारीले आश्वासन दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले म्याग्दीलाई विकास निर्माण योजनामा प्राथमिकतामा राख्न मुख्यमन्त्री अधिकारीलाई आग्रह गर्नुभएको थियो ।
संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लाको अवस्थाको बारेमा जानकारी गराउँदै यहाँ अधुरा रहेका विकास निर्माण योजनाहरुलाइृ समयमै सम्पन्न गराउने वातावरण बनादिन मुख्यमन्त्री अधिकारीको ध्यानकर्षण गराउनुभएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP