Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

म्याग्दीलाई संस्कृति र प्रकृतिको सम्भावना उजागरबाट समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले म्याग्दीलाई संस्कृति र प्रकृतिमा रहेको सम्भावनालाई उजागर गरि समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा गत पुस २८ देखि सञ्चालित सातौँ म्याग्दी महोत्सवको शनिवार बेनीमा समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

Advertisement


उहाँले म्याग्दी प्रकृति र संस्कृतिमा धनी रहेको बताउँदै यसलाई यहाँको आर्थिक गतिविधिसंग जोड्न सके यसले रोजगार सिर्जना गर्ने र आत्मनिर्भर बनाउन सहयोग पूग्ने बताउनुभयो । ‘‘ यहाँका जातजातिका पुख्र्यौली, यानीमाया, सोरठी, भजन, कृतन, घाटु लगायतका मौलिक संस्कृति छन्, हिजोका दिनमा परम्परागत मेलाहरुले यस्ता संस्कृतिलाई संरक्षण गर्ने गर्थे, अहिले महोत्सवहरुले यिनको जगेर्ना र संरक्षणमा योगदान दिएका छन’’–मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

Advertisement

उहाँले त्रिवेणीदेखि कोरला जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना गण्डकी प्रदेशको भाग्यरेखा रहेको बताउँदै यसलाई सम्पन्न गराउन प्रदेश सरकारले रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उत्तर–दक्षिण जोड्ने सडक स्तरीय बनेर सञ्चालनमा आउन सके यसले दुई छिमेकी राष्टसंगको पहुँच र सम्बन्ध बढ्ने र त्यसले व्यापार व्यवसाय र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


म्याग्दीमा रहेका स्लेट, ढुंगा, खरि, तामा र फलाम खानीहरुको उत्खनन्का लागि आबश्यक नीति निर्माणमा ध्यान दिने बताउँदै बेनी बजार लगायत नदीको तटिय क्षेत्रका बस्ती संरक्षण प्रमुख प्राथमिकता पर्ने बताउनुभयो । संघीय सरकार मार्फत सञ्चालित बेनी अस्पतालको भवन निर्माण योजना अलपत्र परेको गुनासोलाई सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने मुख्यमन्त्री अधिकारीले आश्वासन दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले म्याग्दीलाई विकास निर्माण योजनामा प्राथमिकतामा राख्न मुख्यमन्त्री अधिकारीलाई आग्रह गर्नुभएको थियो ।
संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लाको अवस्थाको बारेमा जानकारी गराउँदै यहाँ अधुरा रहेका विकास निर्माण योजनाहरुलाइृ समयमै सम्पन्न गराउने वातावरण बनादिन मुख्यमन्त्री अधिकारीको ध्यानकर्षण गराउनुभएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP