२०८३ श्रावण ९
July 25, 2026, Saturday

६० जना फरार अभियुक्त पक्राउ

म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

Advertisement

कर्तव्य ज्यान, जबरजस्ती करणी, डाँका चोरी, सवारी ज्यान, लगायतका विभिन्न कसुरमा जिल्ला अदालत, म्याग्दीबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिएको हो ।

कसुरदारहरुलाई उल्लेखित मुद्दाहरुमा कुल एक सय ७ वर्ष ९ महिना २२ दिन कैद र ३५ लाख एक हजार नौं सय २२ रुपियाँ जरिवाना तोकिएको थियो । अपराध गरी समाजमा विभिन्न आवरणमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गरेकाले प्रहरीलाई सफलता प्राप्त भएको प्रनाउ कुँवरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको नेतृत्व लिएपछि आफूले फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने कामलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । यसैगरी, पाँच महिनाको अवधिमा लागू औषधका ६ वटा मुद्दा दर्ता र १२ जना लागूऔषध कारोवारी व्यक्तिहरु पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP