Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

६० जना फरार अभियुक्त पक्राउ

म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

Advertisement

कर्तव्य ज्यान, जबरजस्ती करणी, डाँका चोरी, सवारी ज्यान, लगायतका विभिन्न कसुरमा जिल्ला अदालत, म्याग्दीबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिएको हो ।

Advertisement

कसुरदारहरुलाई उल्लेखित मुद्दाहरुमा कुल एक सय ७ वर्ष ९ महिना २२ दिन कैद र ३५ लाख एक हजार नौं सय २२ रुपियाँ जरिवाना तोकिएको थियो । अपराध गरी समाजमा विभिन्न आवरणमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गरेकाले प्रहरीलाई सफलता प्राप्त भएको प्रनाउ कुँवरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको नेतृत्व लिएपछि आफूले फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने कामलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । यसैगरी, पाँच महिनाको अवधिमा लागू औषधका ६ वटा मुद्दा दर्ता र १२ जना लागूऔषध कारोवारी व्यक्तिहरु पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP