Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

उम्मेदवारी दर्ता गर्दा १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने

काठमाडौं – आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

Advertisement

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । स्वघोषणा पत्रमा विभिन्न १८ विषयवस्तु समावेश छन् ।

Advertisement

उम्मेदवारले मनोनयन पत्रका साथमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ । आयोगले उम्मेदवारहरुलाई नै आफू ‘पच्चिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुँ’ भनी घोषणा गर्न लगाएको छ ।

मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्नेछ ।

आयोगले उम्मेदवार हुने व्यक्ति कुनै संघीय कानूनले अयोग्य नभएको सुनिश्चितता खोजेको छ । तीनवटै तहको सरकार र उनीहरुको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहाल नभएको सुनिश्चित हुनु पर्ने भनिएको छ ।

आयोगले सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको हुनुपर्नेछ ।’

आयोगले मनोनयन पत्र दर्ता गर्ने व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन आयोग ऐन अनुसार योग्य भएको हुनुपर्ने औंल्याएको छ । अनि, उम्मेदवारले आफू प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको बन्दसूचीमा नरहेको पनि स्वघोषणा गर्नुपर्नेछ ।

प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारले आफूले अन्य क्षेत्रमा उम्मेदवारी नदिएको घोषणा गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।

आयोगले उम्मेदवारहरुलाई ‘कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको’ पनि घोषणा गर्न लगाएको छ । सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी/पीआर) नलिएको स्वघोषणा गर्नुपर्नेछ । आयोगले उम्मेदवारहरुलाई मनोनयन पत्रका साथमा सिलबन्दी रुपमा सम्पत्ति विवरण समेत बुझाउन भनेको छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्न मञ्जुर भएको भन्दै मनोनयनकर्ताले स्वीकार्नुपर्ने सर्त पनि राखिएको छ । उम्मेदवारहरुलाई कैद सजाय वा जरिवाना तोकिएको भए त्यो पनि चुक्ता हुनुपर्ने भनिएको छ ।

कुनै सरकारी निकायलाई बुझाउनु पर्ने कर, राजस्व, शुल्क, दस्तुर बाकी भए त्यो समेत चुक्ता गर्नुपर्ने भनिएको छ ।

‘निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्ने छ’, निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण पत्रमा भनिएको छ, ‘नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको हुनुपर्ने छ ।’

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP