२०८३ श्रावण ९
July 25, 2026, Saturday

पोखरामा सुरु भयो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको छ ।

Advertisement

शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे ।

उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।

यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकांश खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।

गल्फमा आर्मीका सुवासको अग्रता

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलको पुरुष एकलमा त्रिभुवन आर्मी क्लबका सुवास तामाङले अग्रता लिनुभएको छ । पार ६९ को पोखराको हिमालयन गल्फ क्लबमा भएको प्रतियोगितामा सुवासले शुक्रबार सुवासले एक अन्डर ६८ खेल्नुभयो ।

दोस्रो स्थानमा रहनु भएका सद्भाव आचार्यको एक ओभर ७० स्कोर छ ।  तेस्रो स्थानमा रहन सफल प्रदेश १ का युवराज भुजेलको ७१ स्कोर छ । महिलातर्फ शीर्षस्थानमा रहनुभएका बागमती प्रदेशकी तारा कार्की चित्रकार र प्रदेश १ की सुष्मा सिग्देलको समान १२ ओभर ८१ स्कोर छ ।

बागमतीकी कश्मिरा शाह १५ अ‍ोभर ८४ स्कोरसहित तेस्रो स्थानमा हुनुहुन्छ । टिम स्पर्धामा बागमती पहिलो र आर्मी दोस्रो स्थानमा छ । गल्फमा पुरुषमा पाँच र महिलामा चार टोलीको सहभागिता रहेको छ । 

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP