२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

चैतन्यको गुणस्तरीय लोकसेवा तयारी कक्षा धनगढीमै सञ्चालन

धनगढी – काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्य एकेडेमीले धनगढीमा पनि गुणस्तरीय तयारी कक्षा सुचारु गरेको छ। सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै कक्षा सञ्चालन गरिएको एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए।

Advertisement

‘हामीले लोकसेवा, शिक्षक सेवा, बैकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवालगायत विभिन्न सरकारी संस्थानका तयारी कक्षाहरु धनगढीमै सञ्चालन गरिरहेका छौं। यहाँका विद्यार्थीले घर आँगनमै गुणस्तरीय शिक्षा प्राप्त गरेर सरकारी सेवामा प्रवेश गर्न सकुन भन्ने उदेश्यले हामीले धनगढीमा एकेडेमीको शाखा विस्तार गरेका हौं,’ उनले भने । जोशीले काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको बताए। उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए। ‘सुदूपश्चिम मेरो जन्मभूमि हो।

Advertisement

यहाँको सेवाका लागि हामीले केही गर्नुपर्छ। सोही उद्देश्य अनुरुप हामीले धनगढीमै लोकसेवाको तयारी गर्ने विद्यार्थीहरूको सहजताका लागि एकेडेमीको शाखा विस्ता गरेका हौं,’ उनी भन्छन्। एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए। ‘विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ। चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो। हामीसँग विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले धनगढीमै उपलब्ध हुनुहुन्छ,’ उनले भने।

बेला-बेला लोकसेवाको तयारी गर्न चाहिरहेका विद्यार्थीहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यले आफूहरूले नि:शुल्क अभिमूखिकरण कक्षाको सञ्चालनसमेत गरिरहेको उनी बताउँछन्। विज्ञ प्रशिक्षकले प्रशिक्षण दिँदासमेत सस्तो शुल्कमा कक्षा सञ्चालन भइरहेको फुलाराले बताए। चैतन्यको यो प्रयासले धनगढीमा लोकसेवा तयारी गर्नेहरूको संख्या बढ्ने उनी बताउँछन्।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक १९, शनिबार ०८:३४

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक १९, शनिबार ०८:३४

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक १९, शनिबार ०८:३४

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP