२०८३ श्रावण ११
July 27, 2026, Monday

चैतन्यको गुणस्तरीय लोकसेवा तयारी कक्षा धनगढीमै सञ्चालन

धनगढी – काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्य एकेडेमीले धनगढीमा पनि गुणस्तरीय तयारी कक्षा सुचारु गरेको छ। सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै कक्षा सञ्चालन गरिएको एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए।

Advertisement

‘हामीले लोकसेवा, शिक्षक सेवा, बैकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवालगायत विभिन्न सरकारी संस्थानका तयारी कक्षाहरु धनगढीमै सञ्चालन गरिरहेका छौं। यहाँका विद्यार्थीले घर आँगनमै गुणस्तरीय शिक्षा प्राप्त गरेर सरकारी सेवामा प्रवेश गर्न सकुन भन्ने उदेश्यले हामीले धनगढीमा एकेडेमीको शाखा विस्तार गरेका हौं,’ उनले भने । जोशीले काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको बताए। उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए। ‘सुदूपश्चिम मेरो जन्मभूमि हो।

यहाँको सेवाका लागि हामीले केही गर्नुपर्छ। सोही उद्देश्य अनुरुप हामीले धनगढीमै लोकसेवाको तयारी गर्ने विद्यार्थीहरूको सहजताका लागि एकेडेमीको शाखा विस्ता गरेका हौं,’ उनी भन्छन्। एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए। ‘विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ। चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो। हामीसँग विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले धनगढीमै उपलब्ध हुनुहुन्छ,’ उनले भने।

बेला-बेला लोकसेवाको तयारी गर्न चाहिरहेका विद्यार्थीहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यले आफूहरूले नि:शुल्क अभिमूखिकरण कक्षाको सञ्चालनसमेत गरिरहेको उनी बताउँछन्। विज्ञ प्रशिक्षकले प्रशिक्षण दिँदासमेत सस्तो शुल्कमा कक्षा सञ्चालन भइरहेको फुलाराले बताए। चैतन्यको यो प्रयासले धनगढीमा लोकसेवा तयारी गर्नेहरूको संख्या बढ्ने उनी बताउँछन्।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP