२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बैतडीकी आयुषाले जितिन् लिटिल आइकन नेपाल अवार्ड

 बैतडीकी १० वर्षीया आयुषा भण्डारीले लिटिल आइकन नेपाल २०२२ मा दुई अवार्ड जित्न सफल भएकी छन् । एघारौं संस्करणको लिटिल आइकन नेपालमा आयुषाले ‘सिनियर गर्ल्स’तर्फ मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड हात पारेकी हुन् ।

Advertisement

एनपी मिडिया हाउसको आयोजना सञ्चालन भएको लिटिल आइकन नेपालको फाइनल प्रस्तुती काठमाडौंस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो सहभागीमध्ये निर्णायकहरुको छनौटको आधारमा आयुषाले मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड जित्न सफल भएकी हुन् ।

Advertisement

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएकी आयुषा हाल काठमाडौंको हेराल्ड सेकेन्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । १० वर्षीया आयुषा सानै उमेरदेखि डान्स,कलाक्षेत्रमा पनि रुची राख्दै आएकी छन् । अवार्ड जितेपछि आयुषाले खुसी व्यक्त गर्दै यो अवार्डले आफूलाई पढाईका साथै मनोरञ्जन क्षेत्रमा अगाडी बढ्न थप हौसला प्राप्त भएको बताईन् ।

लिटिल आइकन नेपालमा एक दर्जन बढी स्कुलका १०० बढी विद्यार्थी सहभागी थिए । उक्त प्रतियोगिताले बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीकोे भनाई छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक २९, मंगलवार १७:४६

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक २९, मंगलवार १७:४६

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक २९, मंगलवार १७:४६

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP