२०८३ असार २६
July 10, 2026, Friday

डडेल्धुरामा निर्विकल्प देउवा !

डडेलधुरा । डडेलधुराको चुनावी मैदानमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास असफल भएपछि देउवा यसपटक पनि विकल्पहीन उम्मेदवारका रूपमा देखिएका छन् । कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट उम्मेदवार बनेका कर्ण मल्ललाई एमालेले समर्थन दिएन ।

एमाले अध्यक्ष केपी ओलीको निर्देशन र आग्रहलाई पनि जिल्ला तहका नेता–कार्यकर्ताले नमानेपछि मल्ल एक्लिएका छन् । मल्ललाई एकीकृत समाजवादीवाट विद्रोह गरेर प्रदेशमा स्वतन्त्र उम्मेदवार बनेका तारा जोशीको सहयोग छ ।

अर्कोतिर गुल्मीबाट देउवाविरुद्ध चुनाव लड्न आएका सागर ढकालले पनि जिल्ला स्तरमा युवाहरूको साथ सहयोग नपाएपछि उनी पनि एक्लै चुनावी मैदानमा छन् । देउवाविरुद्ध मोर्चावन्दी गर्ने विपक्षी उम्मेदवारहरूको अन्तिम प्रयास पनि विफल भएपछि देउवालाई जित हात पार्न निकै सहज भएको छ ।

एमालेले आफ्ना उम्मेदवार चक्र स्नेहीको उम्मेदवारी फिर्ता लिए पनि एमालेका पुराना नेता विक्रम शाही स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन् । एमालेका अधिकांश नेता–कार्यकर्ता शाहीको प्रचारप्रसारमा जुटेका छन् ।

बीपी कांग्रेसबाट उम्मेदवार भएका मल्लले अन्तिम समयसम्म पनि एमालेको साथ पाउने आशा गरेका थिए । तर स्वतन्त्र उम्मेदवार शाहीका कारण उनको त्यो प्रयास विफल भएको छ । सागर ढकालले कुनै पनि दलको सहयोग पाउन सकेनन् । जनता समाजवादीका उम्मेदवार श्याम सिनालले देउवालाई समर्थन गर्ने गरी भएका छन् ।

राप्रपा उम्मेदवार गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार ढकाल, एमालेका विद्रोही स्वतन्त्र उम्मेदवार शाही र सधैं चुनाव लड्ने गरेका कर्णबहादुर रावल एक्ला एक्लै चुनाव लड्न थालेपछि प्रधानमन्त्री देउवाका लागि निकै सहज देखिएको छ ।

‘देउवालाई सम्भवतः विगतका ६ निर्वाचनभन्दा धेरै सहज भएको अनुमान गर्न सकिन्छ,’ एक शिक्षक भुवन भट्टले भने, ‘अरू दल र उम्मेदवारहरू मिल्न नसकेपछि देउवाको प्रतिस्पर्धी नै देखिए जस्तो लागेन ।’

मनोनयन दर्ता हुनुअघिदेखि नै देउवाविरुद्ध डडेलधुरामा मोर्चाबन्दी गर्ने धेरै प्रयास भएका थिए । कुनै समय देउवाका निजी सहयोगी रहेका कर्ण मल्लले कांग्रेसबाहेक सबै पार्टीलाई एक ठाउँमा ल्याएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास गरेका थिए । एमाले केन्द्रीय नेतृत्वले मल्ललाई सहयोग गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा एमाले नेता कार्यकर्ताले मल्ललाई स्वीकार गर्न नसक्ने भन्दै उनलाई सहयोग नगर्ने निर्णय नै गरे । कान्तिपुरबाट

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP