Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

डडेल्धुरामा निर्विकल्प देउवा !

डडेलधुरा । डडेलधुराको चुनावी मैदानमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास असफल भएपछि देउवा यसपटक पनि विकल्पहीन उम्मेदवारका रूपमा देखिएका छन् । कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट उम्मेदवार बनेका कर्ण मल्ललाई एमालेले समर्थन दिएन ।

Advertisement

एमाले अध्यक्ष केपी ओलीको निर्देशन र आग्रहलाई पनि जिल्ला तहका नेता–कार्यकर्ताले नमानेपछि मल्ल एक्लिएका छन् । मल्ललाई एकीकृत समाजवादीवाट विद्रोह गरेर प्रदेशमा स्वतन्त्र उम्मेदवार बनेका तारा जोशीको सहयोग छ ।

Advertisement

अर्कोतिर गुल्मीबाट देउवाविरुद्ध चुनाव लड्न आएका सागर ढकालले पनि जिल्ला स्तरमा युवाहरूको साथ सहयोग नपाएपछि उनी पनि एक्लै चुनावी मैदानमा छन् । देउवाविरुद्ध मोर्चावन्दी गर्ने विपक्षी उम्मेदवारहरूको अन्तिम प्रयास पनि विफल भएपछि देउवालाई जित हात पार्न निकै सहज भएको छ ।

एमालेले आफ्ना उम्मेदवार चक्र स्नेहीको उम्मेदवारी फिर्ता लिए पनि एमालेका पुराना नेता विक्रम शाही स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन् । एमालेका अधिकांश नेता–कार्यकर्ता शाहीको प्रचारप्रसारमा जुटेका छन् ।

बीपी कांग्रेसबाट उम्मेदवार भएका मल्लले अन्तिम समयसम्म पनि एमालेको साथ पाउने आशा गरेका थिए । तर स्वतन्त्र उम्मेदवार शाहीका कारण उनको त्यो प्रयास विफल भएको छ । सागर ढकालले कुनै पनि दलको सहयोग पाउन सकेनन् । जनता समाजवादीका उम्मेदवार श्याम सिनालले देउवालाई समर्थन गर्ने गरी भएका छन् ।

राप्रपा उम्मेदवार गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार ढकाल, एमालेका विद्रोही स्वतन्त्र उम्मेदवार शाही र सधैं चुनाव लड्ने गरेका कर्णबहादुर रावल एक्ला एक्लै चुनाव लड्न थालेपछि प्रधानमन्त्री देउवाका लागि निकै सहज देखिएको छ ।

‘देउवालाई सम्भवतः विगतका ६ निर्वाचनभन्दा धेरै सहज भएको अनुमान गर्न सकिन्छ,’ एक शिक्षक भुवन भट्टले भने, ‘अरू दल र उम्मेदवारहरू मिल्न नसकेपछि देउवाको प्रतिस्पर्धी नै देखिए जस्तो लागेन ।’

मनोनयन दर्ता हुनुअघिदेखि नै देउवाविरुद्ध डडेलधुरामा मोर्चाबन्दी गर्ने धेरै प्रयास भएका थिए । कुनै समय देउवाका निजी सहयोगी रहेका कर्ण मल्लले कांग्रेसबाहेक सबै पार्टीलाई एक ठाउँमा ल्याएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास गरेका थिए । एमाले केन्द्रीय नेतृत्वले मल्ललाई सहयोग गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा एमाले नेता कार्यकर्ताले मल्ललाई स्वीकार गर्न नसक्ने भन्दै उनलाई सहयोग नगर्ने निर्णय नै गरे । कान्तिपुरबाट

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP