Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

ओलीको दाबी- नेपालीलाई एक महिनाभित्र नागरिकता दिन्छौँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकताविहीन नेपालीलाई एक महिनाभित्र नागरिकता दिने दाबी गरेका छन्। झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगरमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै एमालेले संसदबाट एक महिनामा कानुन बनाएर नागरिकता दिने ठोकुवा गरेका हुन्।

Advertisement

उनले गठबन्धन सरकारले संसदबाट ऐन पारित गरेर हतारमा विदेशीलाई नागरिकता दिन खोजेको आरोप लगाए । यद्यपि, राष्ट्रपतिले देश जोगाएको उनको दाबी थियो। ‘नेपालीलाई नागरिकता दिन्छौँ। जन्मसिद्धका सन्तानलाई एक महिनाभित्र कानुन बनाएर वंशजको नागरिकता दिन्छौँ। नागरिकता दिन खोज्दा शेरबहादुर, प्रचण्ड र माधव नेपालहरूले संसदमा विधेयक रोके। अध्यादेशबाट ल्याउन खोज्दा अदालतबाट रोके,’ ओलीले भने, ‘उनीहरूले हतारमा विधेयक पास गरेर नेपालीलाई होइन विदेशीलाई तुरुन्त दिन खोज्दै थिए । हतारमा ल्याउन खोजेका थिए । धन्यवाद राष्ट्रपतिज्यू ! धन्न रोकिदिनुभयो । राष्ट्रपतिको काम यस्तै वेला आउँछ । जब राष्ट्रियतालाई खतरामा पार्न खोजिन्छ, जब जनसांखिक हिसाबले राष्ट्रलाई कमजोर बनाउन खोजिन्छ, बिकाउ मालहरू सरकारमा गएर गलत काम गर्न खोजेका हुन्छन् त्यस्तो वेलामा दह्रो खुटा टेक्नुपर्छ । उनीहरूको विदेशीलाई नागरिकता दिने सपना पूरा हुन दिँदैनौँ । सानो देशमा विदेशीलाई नागरिकता दिएर थुपारेर देश बच्दैन।’

Advertisement

उनले निर्वाचनमा देश बचाउन एमालेलाई बहुमत दिन आग्रह गरे। ओलीले यो गठबन्धन शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको मितेरी साइनो मात्र भएको बताए। ‘गठबन्धनमा कस्ताकस्ता छन् ? मोहनविक्रमको पार्टीका एकजना जिताएका थियौँ । यसपटक दिँदैनौँ सकियो। माधव नेपालले हाम्रो पार्टीको सानो टुक्रा लिएर गएका थिए । त्यो सकियो राष्ट्रिय पार्टी हुँदैन। लोसपाले एक ठाउँ पनि जित्दैन,’ उनले भने, ‘गठबन्धन प्रचण्ड र देउवको मितेरी साइनो मात्र हो, अरू केही हैन । एकै खालका चरा सँगै उठ्छन्। उनीहरू एकै खालका हुन् ! नाम मात्र कांग्रेस र अर्कोको कम्युनिस्ट हो । यो गठबन्धन धोद्रो परेको रूख हो । काठको नक्कली हँसिया–हथौडा हो । माओवादीले साझा उम्मेदवारलाई कांग्रेसले भोट हाल्दैन ! जुम्लामा राप्रपाका ज्ञानेन्द्र ज्ञानेन्द्र शाहीलाई भोट हाल्दै छ।’

झापा क्षेत्र नम्बर १ मा कांग्रेस विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच प्रतिस्पर्धा हुँदै छ । यो प्रतिस्पर्धा शर्मा र खरेलबीचको मात्र नभएको बताए। ‘यो हग्नि खरेल र विश्वप्रकाशजीको मात्र प्रतिस्पर्धा होइन। राष्ट्रियताका र देशघात, विकास कि विनाश, स्थिरता र अस्थिरताको प्रतिस्पर्धा हो,’ ओलीले भने, ‘विश्वप्रकाशजीहरूले एउटा कुरा गर्नुहुन्छ ! आफू यहाँको रैथाने भनेर । कोको मान्छे कहाँबाट उठेका छन् उहाँहरूका ! चितवनबाट भागेका प्रचण्ड कहाँ पुगेका छन् ? गोर्खाका कांग्रेसले प्रचण्डलाई भोट माग्दै छन् त, युवाका कुरा गर्नेले अब्दुस मियाँ अन्सारीलाई भोट हाल्नु भन्नुपर्‍यो नि ! बुढो प्रचण्डलाई भनिरहनुभएको छ त ! रैथानेलाई भन्ने भए अब्दुसलाई जिताउनु भन्नुपर्छ नि प्रचण्डलाई होइन।’

उनले प्रचण्ड अस्थिर भएको टिप्पणी गरे । ‘जन्मिए कास्कीमा, राजनीति दिल्ली गएर गरे १ चुनाव रोल्पामा लडे, त्यहाँबाट भागेर काठमाडौं आए । काठमाडौंबाट भागेर सिराहा गए । त्यहाँबट भागेर चितवन गए,’ ओलीले भने, ‘एकपटकभन्दा अर्कोपटक मुख देखाइसक्नुहुँदैन भाग्नुपर्छ नि !’

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP