Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजनीतिमा रहन्न् भन्ने अवस्था आइसकेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ द्धारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीका सबै सिद्धान्त फेल भइसकेकाले विश्राम लिन सुझाव दिए ।

Advertisement

‘केपी ओलीले नैतिकताका आधारमा म अब राजनीतिमा रहन्न भन्ने अवस्था भइसक्यो’ प्रचण्डले भने– ‘तर, उहाँ मान्न तयार हुनुहुन्न् । उहाँको सबै सिद्धान्तहरु असफल भइसकेका छन् । नेपालमा संविधानसभा हुन सक्दैन । समानुपातिक समानुपातिक हुँदैन । गणतन्त्र हुनुहुँदैन भन्ने थियो । उहाँको गोरु गाढावाला सिद्धान्त असफल भइसक्यो ।’

Advertisement

अहिले देशमा दुईवटा गठबन्धन भएपनि आफूहरूको खुला र पारदर्शी तरिकाले गठबन्धन बनाएको प्रचण्डले बताए । ‘हामी संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि गठबन्धन बनाएका छौं’ प्रचण्डले भने– ‘अर्को पनि गठबन्धन केपी ओली नेतृत्वमा छ । उनीहरू गठबन्धन भन्दैनन् गर्छन् गठबन्धन । त्यस गठबन्धनमा राजावादी, राजतन्त्र फर्काउने, देशको एकता खल्बल्याउने, दक्षिणपन्थी र पश्गामीहरुको गठबन्धन छ ।’ केपी नेतृत्वको गठबन्धनले संविधान मिच्ने र च्यात्ने कुरा गर्ने गरेको प्रचण्डले बताए ।

‘केपी नेतृत्वको गठबन्धनले संविधान च्यात्ने मिच्ने कुरा गर्छन् । फेरि भोट माग्न जनता कहाँ आउँछन्’ प्रचण्डले भने– ‘मैले धेरैतिर भन्ने गरेको छु । यसरी भोट माग्नेलाई जनताले सोध्नुपर्छ । तपाईहरुलाई किन भोट चाहियो ? संविधान च्यात्न सफल भएन दुई तिहाई हुँदा पनि संविधान च्यात्न भोट माग्न खोज्नु भएको हो ? सार्वभौम संसद पटक–पटक विघटन गरियो त्यो विघटन गर्ने सफलताको निम्ति भोट दिनुस् भन्न खोजेको हो ? भ्रष्टाचार गरियो तर मन मानेको छैन अझ भ्रष्टाचार गर्न भोट दिनुस् भन्ने खोज्या हो ?’

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP