२०८२ बैशाख १३
April 26, 2025, Saturday

ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा राजनीतिमा रहन्न् भन्ने अवस्था आइसकेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ द्धारा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीका सबै सिद्धान्त फेल भइसकेकाले विश्राम लिन सुझाव दिए ।

Advertisement

‘केपी ओलीले नैतिकताका आधारमा म अब राजनीतिमा रहन्न भन्ने अवस्था भइसक्यो’ प्रचण्डले भने– ‘तर, उहाँ मान्न तयार हुनुहुन्न् । उहाँको सबै सिद्धान्तहरु असफल भइसकेका छन् । नेपालमा संविधानसभा हुन सक्दैन । समानुपातिक समानुपातिक हुँदैन । गणतन्त्र हुनुहुँदैन भन्ने थियो । उहाँको गोरु गाढावाला सिद्धान्त असफल भइसक्यो ।’

Advertisement

अहिले देशमा दुईवटा गठबन्धन भएपनि आफूहरूको खुला र पारदर्शी तरिकाले गठबन्धन बनाएको प्रचण्डले बताए । ‘हामी संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि गठबन्धन बनाएका छौं’ प्रचण्डले भने– ‘अर्को पनि गठबन्धन केपी ओली नेतृत्वमा छ । उनीहरू गठबन्धन भन्दैनन् गर्छन् गठबन्धन । त्यस गठबन्धनमा राजावादी, राजतन्त्र फर्काउने, देशको एकता खल्बल्याउने, दक्षिणपन्थी र पश्गामीहरुको गठबन्धन छ ।’ केपी नेतृत्वको गठबन्धनले संविधान मिच्ने र च्यात्ने कुरा गर्ने गरेको प्रचण्डले बताए ।

‘केपी नेतृत्वको गठबन्धनले संविधान च्यात्ने मिच्ने कुरा गर्छन् । फेरि भोट माग्न जनता कहाँ आउँछन्’ प्रचण्डले भने– ‘मैले धेरैतिर भन्ने गरेको छु । यसरी भोट माग्नेलाई जनताले सोध्नुपर्छ । तपाईहरुलाई किन भोट चाहियो ? संविधान च्यात्न सफल भएन दुई तिहाई हुँदा पनि संविधान च्यात्न भोट माग्न खोज्नु भएको हो ? सार्वभौम संसद पटक–पटक विघटन गरियो त्यो विघटन गर्ने सफलताको निम्ति भोट दिनुस् भन्न खोजेको हो ? भ्रष्टाचार गरियो तर मन मानेको छैन अझ भ्रष्टाचार गर्न भोट दिनुस् भन्ने खोज्या हो ?’

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०७९ मंसिर १, बिहीबार १८:४६

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०७९ मंसिर १, बिहीबार १८:४६

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०७९ मंसिर १, बिहीबार १८:४६

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP