२०७९ चैत्र ११
March 25, 2023, Saturday

बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा

बैतडी- बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार आइतबार ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।
जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री सहित १ हजार ६८४ कर्मचारीहरु परिचालन गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।

Advertisement

जिल्लामा २ सय १० मतदान अधिकृत, २ सय १० सहायक मतदान अधिकृत, कार्यालय सहयोगी र कर्मचारी निर्वाचन सामग्री सहित कार्यतालिका अनुसार मतदान केन्द्रमा खटाइएको उनले बताए । तालिम लिएकका मतदान अधिकृत निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगि सकेका छन् । कार्तिक २६ गते देखि मतदान अधिृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको थियो ।

Advertisement

मतदान केन्द्र पुगेर कर्मचारीहरुले निर्वाचन कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पुर्वधार तयार लगायतका काम गर्ने बताइएको छ । बैतडीमा मतदान केन्द्रमा रहेका मतदाता संख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइएको छ ।

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिएका छन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिएका जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।

जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिएका छन् । बैतडीमा १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर २, शुक्रबार १७:५७

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर २, शुक्रबार १७:५७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर २, शुक्रबार १७:५७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP