Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा

बैतडी- बैतडीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार आइतबार ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।
जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री सहित १ हजार ६८४ कर्मचारीहरु परिचालन गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १ हजार ६८४ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।

Advertisement

जिल्लामा २ सय १० मतदान अधिकृत, २ सय १० सहायक मतदान अधिकृत, कार्यालय सहयोगी र कर्मचारी निर्वाचन सामग्री सहित कार्यतालिका अनुसार मतदान केन्द्रमा खटाइएको उनले बताए । तालिम लिएकका मतदान अधिकृत निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगि सकेका छन् । कार्तिक २६ गते देखि मतदान अधिृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको थियो ।

Advertisement

मतदान केन्द्र पुगेर कर्मचारीहरुले निर्वाचन कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पुर्वधार तयार लगायतका काम गर्ने बताइएको छ । बैतडीमा मतदान केन्द्रमा रहेका मतदाता संख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइएको छ ।

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिएका छन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिएका जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।

जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिएका छन् । बैतडीमा १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP